३३ लाखमै आउने भयो प्रिमियम र स्मार्ट ह्याचब्याक ईभी नामी ०१

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने डोङफेङ मोटर्सको ह्याचब्याक ईभी नामी ०१ अब ३३ लाख रुपैयाँमै किन्न पाइने भएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले प्रकाशित गरेको मूल्य सूची अनुसार गाडीको सो मूल्य कायम गरिएको छ ।

नेपाली बजारमा दुई मोडलमा नामी ०१ उपलब्ध हुनेछ । ३१.४ किलोवाट आवरको ब्याट्रीयुक्त ईभीको मूल्य ३२ लाख ९९ हजार र ४२.३ किलोवाट आवर ब्याट्रीयुक्त ईभीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ हुनेछ । दुवैमा ७० किलोवाटको मोटर हुनेछ ।

नेपाली बजारमा नामी ०१ भित्रिसकेको छ । आगामी भाद्र ११ देखि प्रारम्भ हुने नाडा अटो शो २०२४ मा यो गाडी पनि प्रदर्शन गरिने छ ।

४० लाख भन्दा कम मूल्यमै उपलब्ध हुने अनुमान गरिएको सो एसयूभीको मूल्य अनुमान गरिए भन्दा कममा उपलब्ध हुने भएको छ । अब नेपाली ईभी बजारमा यो पनि एक प्रतिस्पर्धी बन्ने अनुमान गर्न सकिन्छ ।

नामी ०१ स्लिक र कम्प्याक्ट डिजाइनमा उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४०३०, १८१० र १५७० एमएम छ भने ह्विलबेस २६६० एमएम छ । यसकारण सिटी ड्राइभिङका लागि यो परफेक्ट छ । नामी ०१ ले डब्लुएलटीपी अनुसार २५० किलोमिटर र ३३० किलोमिटरको रेन्ज दिन्छ । 

एड्भान्स्ड एडीएएस अर्थात एडास सिस्टम उपलब्ध भएकाले नामी ०१ सुरक्षा र सहजताले भरिपूर्ण मान्न सकिन्छ । यसमा ब्लाइन्ड स्पट मोनिटरिङ, फरवार्ड कोलिजन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक साइन रिकग्निसन र एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् । यी फिचरका कारण सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव गर्न सकिन्छ ।

नामी ०१ को इन्टेरियर ब्ल्याक एन्ड ह्वाइट तथा ब्ल्याक एन्ड ग्रे गरी दुई कलर स्किममा उपलब्ध छ । यसमा ५ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी फङसनल स्टेयरिङ ह्विल र १२.८ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । सो स्क्रिनले मोबाइल रिमोट कन्ट्रोल, ओटीए अपडेट र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल आदि सपोर्ट गर्छ । यसबाट मोडर्न र कनेक्टेड ड्राइभिङ एक्सपेरियन्स गर्न सकिन्छ । त्यसैगरी स्पेसियस क्याबिनका कारण सबै प्यासेन्जरले पर्याप्त आरामको अनुभव गर्न सक्छन् ।

थप फिचरको रुपमा यसमा ३२ कलर एम्बियन्ट लाइटिङ, मोबाइल फोन वायरलेस चार्जिङ, ग्लोभबक्सको तल पुल–आउट ड्रअर र फ्रन्ट सिटका लागि वान–क्लिक लाई–फ्ल्याट मोड आदि रहेका छन् ।

सम्बन्धित समाचारहरू

प्रि–बुकिङ गरिएका एक्सपेङ जी६ एसयूभी दशैं अगावै आइपुग्ने, डेलिभरी समेत गरिने

प्रि–बुकिङ गरिएका एक्सपेङ जी६ एसयूभी दशैं अगावै आइपुग्ने, डेलिभरी समेत गरिने

काठमाडौं – एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले केही दिन...

टेकुमा खुल्दै थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम, देशभर विस्तार हुँदै

टेकुमा खुल्दै थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम, देशभर विस्तार हुँदै

काठमाडौं – काठमाडौंको टेकुमा थ्रीएन इलेक्ट्रिक स्कुटरको शोरुम सञ्चालनको...

कोमेटमा आधारित नयाँ मिनी ईभी ल्याउँदै एमजी, इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा हुने

कोमेटमा आधारित नयाँ मिनी ईभी ल्याउँदै एमजी, इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा हुने

एमजी मोटर इन्डियाले कोमेटमा आधारित अर्को नयाँ इलेक्ट्रिक माइक्रो एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...