३३ लाखमै आउने भयो प्रिमियम र स्मार्ट ह्याचब्याक ईभी नामी ०१

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने डोङफेङ मोटर्सको ह्याचब्याक ईभी नामी ०१ अब ३३ लाख रुपैयाँमै किन्न पाइने भएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले प्रकाशित गरेको मूल्य सूची अनुसार गाडीको सो मूल्य कायम गरिएको छ ।

नेपाली बजारमा दुई मोडलमा नामी ०१ उपलब्ध हुनेछ । ३१.४ किलोवाट आवरको ब्याट्रीयुक्त ईभीको मूल्य ३२ लाख ९९ हजार र ४२.३ किलोवाट आवर ब्याट्रीयुक्त ईभीको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ हुनेछ । दुवैमा ७० किलोवाटको मोटर हुनेछ ।

नेपाली बजारमा नामी ०१ भित्रिसकेको छ । आगामी भाद्र ११ देखि प्रारम्भ हुने नाडा अटो शो २०२४ मा यो गाडी पनि प्रदर्शन गरिने छ ।

४० लाख भन्दा कम मूल्यमै उपलब्ध हुने अनुमान गरिएको सो एसयूभीको मूल्य अनुमान गरिए भन्दा कममा उपलब्ध हुने भएको छ । अब नेपाली ईभी बजारमा यो पनि एक प्रतिस्पर्धी बन्ने अनुमान गर्न सकिन्छ ।

नामी ०१ स्लिक र कम्प्याक्ट डिजाइनमा उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४०३०, १८१० र १५७० एमएम छ भने ह्विलबेस २६६० एमएम छ । यसकारण सिटी ड्राइभिङका लागि यो परफेक्ट छ । नामी ०१ ले डब्लुएलटीपी अनुसार २५० किलोमिटर र ३३० किलोमिटरको रेन्ज दिन्छ । 

एड्भान्स्ड एडीएएस अर्थात एडास सिस्टम उपलब्ध भएकाले नामी ०१ सुरक्षा र सहजताले भरिपूर्ण मान्न सकिन्छ । यसमा ब्लाइन्ड स्पट मोनिटरिङ, फरवार्ड कोलिजन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक साइन रिकग्निसन र एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् । यी फिचरका कारण सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव गर्न सकिन्छ ।

नामी ०१ को इन्टेरियर ब्ल्याक एन्ड ह्वाइट तथा ब्ल्याक एन्ड ग्रे गरी दुई कलर स्किममा उपलब्ध छ । यसमा ५ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी फङसनल स्टेयरिङ ह्विल र १२.८ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । सो स्क्रिनले मोबाइल रिमोट कन्ट्रोल, ओटीए अपडेट र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल आदि सपोर्ट गर्छ । यसबाट मोडर्न र कनेक्टेड ड्राइभिङ एक्सपेरियन्स गर्न सकिन्छ । त्यसैगरी स्पेसियस क्याबिनका कारण सबै प्यासेन्जरले पर्याप्त आरामको अनुभव गर्न सक्छन् ।

थप फिचरको रुपमा यसमा ३२ कलर एम्बियन्ट लाइटिङ, मोबाइल फोन वायरलेस चार्जिङ, ग्लोभबक्सको तल पुल–आउट ड्रअर र फ्रन्ट सिटका लागि वान–क्लिक लाई–फ्ल्याट मोड आदि रहेका छन् ।

सम्बन्धित समाचारहरू

३१ लाखको गाडी ४ लाखमा

३१ लाखको गाडी ४ लाखमा

काठमाडौं – तपाईलाई कम मूल्यको ईभी किन्ने विचार छ, तर यसका लागि आवश्यक रकम...

फुल चार्जमा ४८० किमि रेन्ज दिने विश्वको पहिलो इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर

फुल चार्जमा ४८० किमि रेन्ज दिने विश्वको पहिलो इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर

भारतमा राफ्ट मोटर्सले सबै इलेक्ट्रिक स्कुटरहरुलाई पछाडि छोडेर नयाँ...

२ लाख सस्तोमा विङ्गो कार किन्न पाइने, आयो दशैं अफर

२ लाख सस्तोमा विङ्गो कार किन्न पाइने, आयो दशैं अफर

काठमाडौं–वुलिङ ईभीको नेपालका लागि आधिकारिक वितरक पारमाउनन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...