एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किदै, रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

काठमाडौं - एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किने भएको छ । निसान, रोयल इन्फिल्ड, भेस्पा/अप्रिलिया जस्ता विश्वप्रख्यात ब्रान्डसँग जोडिएको यस समूहले पछिल्लो समय भारतीय इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड रिभोल्ट नेपाल ल्याउन लागेको हो ।

एमभी दुगड ग्रुपले आइतबार नक्सालस्थित शोरुममा एक कार्यक्रम आयोजना गरी रिभोल्ट ब्रान्डको मोटरसाइकल लन्च गर्ने तयारी गरेको छ । रोयल इन्फिल्ड र भेस्पा/अप्रिलियाको डिलरशिप गुमाएपछि कम्पनीले इन्डोनेशियाबाट जेसिस्ट ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्र्याएको थियो । यो ब्रान्डले अपेक्षित बजार लिन नसकेपछि दुगड नयाँ ब्रान्डको टु ह्विलरकाे खोजीमा थियो । सोही क्रममा कम्पनी रिभोल्ट ब्रान्डसँग जोडिन पुगेको हो ।

दुगड समुहले नेपाल ल्याउन लागेको रिभोल्ट भारतको अग्रणी इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड हो । भारतमा यसको आरभी१, आरभी१ प्लस, आरभी ब्लेज एक्स, आरभी ४०० विआरजेड र आरभी ४०० गरी कुल पाँच मोडलका इलेक्ट्रिक मोटरसाइकल उपलब्ध छन् । यी ५ वटै मोडल नेपाली बजारमा पनि लन्च हुने अनुमान गरिएको छ ।

यी मोटरसाइकलमा २.२ किलोवाट आवरदेखि ३.२४ किलोवाट आवरसम्मको ब्याट्री प्याक जडान गरिएको छ भने मोडलमा २.८ किलोवाटदेखी ५ किलोवाट क्षमतासम्मको मोटर राखिएको छ । सिंगल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको रिभोल्ट मोटरसाइकललाई फास्ट चार्जरको साहयतामा ८० मिनेटमै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्पनीले यी मोटरसाइकलको ब्याट्रीमा ५ वर्ष अर्थात ७५ हजार किलोमिटरको वारेन्टी र चार्जरमा २ वर्षको वारेन्टी दिएको छ ।

कम्पनीको आरभी४०० भारतमा पहिलो इलेक्ट्रिक बाइक हो । सो बाइक भारतमा २०१९ देखि उत्पादन सुरु गरिएको थियो । सो बाइकको बुकिङ सुरु हुने बित्तिकै केही दिनमा बन्द गर्नु परेको थियो । दोस्रो पटक बुकिङ खोलिएको २ घन्टा भित्र ५० करोड भारु बराबरको बाइक बिक्री गरिएको थियो ।

रिभोल्ट आरभी४०० मा कम्पनीले ५ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरेको छ । सो बाइकमा ३‍‍.२४ किलोवाट आवरको स्वेपेबल ब्याट्री प्याक उपलब्ध रहेको छ । यसमा तीन राइडिङ मोड ईको, नर्मल र स्पोर्ट रहेको छ । बाइकको टप स्पिड ८५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

रिभोल्ट आरभी४०० इलेक्ट्रिक बाइकमा निकै पावरफुल ब्याट्री जडान गरिएको छ । सो ब्याट्री फुल चार्जमा १५६ किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ । सो ब्याट्री ४ देखि ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

आरभी४०० को नयाँ भेरिएन्ट आरभी४०० बीआरजेडमा ३.२४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ भने यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यसमा इको, नर्मल र स्पोर्ट गरी तीनवटा सवारी मोड छन् ।

यी सबै मध्ये कम मूल्यको मोटरसाइकल आरभी१ हो । भारतमा यसको मूल्य लगभग ९० हजार भारु छ । सबैभन्दा बढी मूल्यको आरभी४०० को मूल्य १ लाख २४ हजार भारु छ ।

सम्बन्धित समाचारहरू

एम्पियर बन्यो भारतको पाँचौ ठूलो इलेक्ट्रिक स्कुटर ब्रान्ड, पहिलोपटक ओलालाई उछिन्यो

एम्पियर बन्यो भारतको पाँचौ ठूलो इलेक्ट्रिक स्कुटर ब्रान्ड, पहिलोपटक ओलालाई उछिन्यो

ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले ओला इलेक्ट्रिकभन्दा बढी इलेक्ट्रिक स्कुटर...

जीओ अटोमोबाइल्सले सार्वजनिक ग-यो एमजीका जेन्युइन स्पेयर पार्ट्सको मूल्य सूची

जीओ अटोमोबाइल्सले सार्वजनिक ग-यो एमजीका जेन्युइन स्पेयर पार्ट्सको मूल्य सूची

काठमाडौं – नेपालका लागि जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक आयातकर्ता तथा...

नेपाली सडकमा फेरि देखा प-यो ईकुटर ब्रान्डको स्कुटर, जेरो एमिसन राइडले बिक्री गर्दै

नेपाली सडकमा फेरि देखा प-यो ईकुटर ब्रान्डको स्कुटर, जेरो एमिसन राइडले बिक्री गर्दै

काठमाडौं– केहि वर्षअघि नेपाली बजारमा गुणस्तरीय उत्पादनका रूपमा चिनिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...