सवारी साधनमा बालेनको चुनावी खर्च २ लाख ९३ हजार ५००, अन्यमा कति ?
काठमाडौं। झापा–५ बाट निर्वाचित बालेन साहले आफ्नो चुनावी खर्चको विवरण...
विश्व चर्चित युट्युबर मिस्टर बिस्टकाे टिम नेपाल आइपुगेकाे छ । त्यसमा डेरेन नामक सहयोगी र अन्य टिम छ । सन् २०२३ मा धेरै परोपकारी कार्य गरेको चर्चा गर्दै यसलाई सन् २०२४ मा पनि निरन्तरता दिने उनको भनाइ छ ।
शनिवार आफ्नो च्यानलमा '३० ल्याम्बोर्गेनी भर्सेस १० हजार जना' (30 Lamborghinis vs 10,000 People) शीर्षकको भिडिओमा मिस्टर बिस्टले आफ्नो टिम नेपाल पुगेको जानकारी दिएका हुन् ।
"यदि मैले तपाईंलाई ३० ल्याम्बोर्गेनी खरिद गर्नुस् वा एक वर्षमा १० हजार जनालाई बचाउनुस् भने भनें तपाईं के गर्नुहुन्छ," उनले भिडिओको सुरुवातमा भनेका छन् । त्यसमध्ये आफूले १० हजार जनाको ज्यान बचाउने काम गरेको भन्दै सबै कामको हाइलाइट भिडिओमा प्रस्तुत गरेका छन् ।
नेपाल आइपुगेको गोप्य कारण भने नयाँ वर्ष २०२४ मा मात्र खुलाउने उनको भनाइ छ । यद्यपि, उनको नेपालको ‘मिसन सिक्रेट’ परोपकारी कार्यबाट प्रेरित रहेको हुनसक्ने अनुमान छ ।
मिस्टर बिस्ट सन् २०२३ मा टि-सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ । उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन् ।
काठमाडौं। झापा–५ बाट निर्वाचित बालेन साहले आफ्नो चुनावी खर्चको विवरण...
नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टी फेडरेसन (एनएमआरएफ) ले विश्व वातावरण...
सड़क सुरक्षा परिषद गठन, सड़क सुरक्षा सम्बन्धी नेसनल एक्सन प्लान घोषणा, रोड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...