२३ ल्याम्बोर्गिनी कि १० हजार जना ? भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको टिम नेपालमा

विश्व चर्चित युट्युबर मिस्टर बिस्टकाे टिम नेपाल आइपुगेकाे छ । त्यसमा डेरेन नामक सहयोगी र अन्य टिम छ । सन् २०२३ मा धेरै परोपकारी कार्य गरेको चर्चा गर्दै यसलाई सन् २०२४ मा पनि निरन्तरता दिने उनको भनाइ छ ।

शनिवार आफ्नो च्यानलमा '३० ल्याम्बोर्गेनी भर्सेस १० हजार जना' (30 Lamborghinis vs 10,000 People) शीर्षकको भिडिओमा मिस्टर बिस्टले आफ्नो टिम नेपाल पुगेको जानकारी दिएका हुन् ।

"यदि मैले तपाईंलाई ३० ल्याम्बोर्गेनी खरिद गर्नुस् वा एक वर्षमा १० हजार जनालाई बचाउनुस् भने भनें तपाईं के गर्नुहुन्छ," उनले भिडिओको सुरुवातमा भनेका छन् । त्यसमध्ये आफूले १० हजार जनाको ज्यान बचाउने काम गरेको भन्दै सबै कामको हाइलाइट भिडिओमा प्रस्तुत गरेका छन् । 

नेपाल आइपुगेको गोप्य कारण भने नयाँ वर्ष २०२४ मा मात्र खुलाउने उनको भनाइ छ । यद्यपि, उनको नेपालको ‘मिसन सिक्रेट’ परोपकारी कार्यबाट प्रेरित रहेको हुनसक्ने अनुमान छ ।

मिस्टर बिस्ट सन् २०२३ मा टि-सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ । उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन् ।

सम्बन्धित समाचारहरू

ग्राहकको रोजाइ बन्दै कनेक्टेड टेक्नोलोजी भएका कार

ग्राहकको रोजाइ बन्दै कनेक्टेड टेक्नोलोजी भएका कार

हाल विश्वभर निर्माण भइरहेका सबै एसयूभीमा कार निर्माता कम्पनीहरुले...

वर्षा याममा ड्रम वा डिस्क ब्रेक कुन राम्रो ?

वर्षा याममा ड्रम वा डिस्क ब्रेक कुन राम्रो ?

वर्षा याममा सडक दुर्घटना बढ्दै गएको छ । यो मौसमले विशेष गरी बाइकमा यात्रा...

यी कारणले महिलाहरूका लागि बाइक भन्दा स्कुटर राम्रो विकल्प

यी कारणले महिलाहरूका लागि बाइक भन्दा स्कुटर राम्रो विकल्प

अधिकांश महिलाहरु स्कुटर चलाउन रुचाउँछन्। स्कुटर आजकल महिलाहरुका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...