नयाँ वितरक नियुक्ति पश्चात मोटुल लुब्रिकेन्टको पहिलो डिलर्स मिट सम्पन्न

काठमाडौं – मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले डिलर्स मिट सम्पन्न गरेको छ । गत शुक्रबार होटल एभरेष्टमा सम्पन्न सो डिलर मिटमा उपत्यकाका विभिन्न डिलरहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देश मन्दी समापनको अवस्थामा पुगेको समयमा विश्वकै एक प्रतिष्ठित लुब्रिकेन्टसँग जोडिएर आईएमई ग्रुप नयाँ बाटोमा प्रवेश गरेको बताए ।

आईएमई अटोमोबाइल डिभिजनका सीईओ हेमन्त पुराणिकले विगत २५ वर्ष देखि विभिन्न व्यवसायमा संलग्न आईएमई ग्रुप अब लुब्रिकेन्ट व्यवसायमा समेत प्रवेश गरेको बताए । उच्च गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्ड मोटुलसँग जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे ।

मोटुल इन्डिया प्रालिका सीईओ नागेन्द्र पाईले नेपालकै ठूलो र प्रतिष्ठित ग्रुपसँग जोडिएर रणनीतिक सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भारत र अन्य देशमा प्रतिष्ठित रहेको मोटुल ब्रान्डलाई नेपालमा समेत प्रतिष्ठित बनाउनका लागि आवश्यक कार्य गर्ने उनले बताए ।

मोटुल इन्डियाका मार्केटिङ डाइरेक्टर प्रितम गोश्वामीले रियल सिन्थेटिक ब्रान्ड प्रयोग गर्ने पहिलो कम्पनी मोटुल भएको बताउदै ‘युवाहरुको ब्रान्ड’ को पहिचान बनाएको मोटुलको विभिन्न विशेषता वारेमा जानकारी प्रदान गरे ।

आईएमई अटोमोबाइल डिभिजनका कार्यकारी निर्देशक निशान ढकालले डिलरहरुसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा विभिन्न डिलरहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने नयाँ उत्पादन र स्किम समेत सार्वजनिक गरिएको थियो । स्किममा राम्रो प्रतिक्रिया दिदै डिलरहरुहरुले ठुलो मात्रामा अर्डर गरेका थिए ।

भारतमा उत्पादन हुने फ्रेन्च लुब्रिकेन्ट ब्रान्ड मोटुल विश्वका १७५ भन्दा बढी देशमा बिक्री–वितरण भइरहेको छ । टु–ह्विलर, फो–ह्विलर, ट्रक, बस, ट्रयाक्टर देखि हेभी ड्युटी कमर्सियल भेइकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ । यी सवै रेन्ज नेपाली बजारमा समेत उपलब्ध हुने आईएमई इलेक्ट्रिकको भनाइ छ ।

सिन्थेटिक लुब्रिकेन्टका लागि आवश्यक एस्टर कोर टेक्नोलोजी मोटुलसँग मात्र छ । एस्टर कोर टेक्नोलोजीका कारण लामो समय सम्म इन्जिन प्रयोग भइरहेमा पनि समस्या आउदैन । मोटुल ब्रान्डलाई युवाहरुसँग जोडिएको ब्रान्ड पनि भनिन्छ । यसै अनुसार विभिन्न इभेन्ट, रेसिङ आदिमा समेत मोटुलको लगानी रहेको पाइन्छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो २०२४ को फरक आकर्षण : विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री र अन्य कम्पोनेन्टका स्टल

नाडा अटो शो २०२४ को फरक आकर्षण : विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री र अन्य कम्पोनेन्टका स्टल

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विभिन्न सवारी...

वीरगन्जमा टोटल लुब्रिकेन्ट्सको मेकानिक मिट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगन्जमा टोटल लुब्रिकेन्ट्सको मेकानिक मिट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगन्ज – टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक...

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न

भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...