शनिबार मोटरहेडले एड्भेन्चर राइड अयोजना गर्ने

चैत १२ गते शनिबारका दिन मोटरहेड बाइकले एड्भेन्चर राइड कार्यक्रम गर्ने भएको छ । मोटरहेड बाइकका राइडरलाई सहभागी गराएर गर्न लागिएको उक्त राइडको व्यवस्थापन भने जेनेशिस एड्भेन्चरले गर्नेछ । राइडमा १५ जनाभन्दा बढी राइडर सहभागी हुने आयोजक कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले बताएको छ ।

सो बाइकको धोबिघाटस्थित शोरुमबाट शुरु हुने उक्त राइडमा सहभागी राइडरलाई बिहानको ब्रेकफास्ट व्यवस्था पानीपोखरीस्थित जेनेशिस क्याफेमा गरिनेछ । त्यसपछि राइडलाई अघि बढाउने क्रममा राइडरहरु शिवपुरी नेश्नल पार्क हुँदै चिशापानीसम्म पुग्नेछन् । चिसापानीबाट फर्केर पुन जेनेशिस क्याफेमा आई बेलुकाको लन्च लिएपछि उक्त कार्यक्रम सम्पन्न हुने कम्पनीको भनाई छ ।

सो एड्भेन्चर राइडमा सहभागी भएर आनन्द लिन इच्छुक राइडरलाई काठमाडौ उपत्यकामा रहेको नजिकको मोटरहेड शोरुममा सम्पर्क गर्न कम्पनीले आह्वान गरेको छ । यसरी भरेको फर्म बिहिबार साँझ ६ भित्र पेश गरिसक्नुपर्ने छ ।
एड्भेन्चर बाइकको बिक्रीमा केन्द्रित हुँदै आएको एसएलआरले यसअघि पनि देशका बिभिन्न स्थानहरुमा यस प्रकारको राइड अयोजना गर्दै आएको र आगामी दिनमा यसलाई निरन्तरता दिइने बताइएको छ ।

चाइनिज ब्रान्ड मोटरहेडले देशका बिभिन्न स्थानहरुमा बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउन थ्री एस सुबिधा सहितको नेटवर्क बिस्तारलाई तिब्रता बनाउँदै लगेको छ । यो ब्रान्डको मोटरसाइकललाई युवा राइडरले बढीमात्रामा रुचाउने गरेका छन् ।

सम्बन्धित समाचारहरू

मंसिर २२ देखि मोटरहेड भ्याली एक्सचेन्ज, बाइक किन्दा डर्ट हेल्मेट निःशुल्क

मंसिर २२ देखि मोटरहेड भ्याली एक्सचेन्ज, बाइक किन्दा डर्ट हेल्मेट निःशुल्क

काठमाडौं – मोटरहेड ब्रान्डको आधिकारिक वितरण एसएलआर टेक्नो एन्ड ट्रेड...

मोटरहेड मोटरसाइकलको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य सूची

मोटरहेड मोटरसाइकलको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध मोटरहेड मोटरसाइकलको मूल्य बढेको छ ।...

आयो मोटरहेडको नयाँ वर्ष अफर : सुपर सवारी २०८०

आयो मोटरहेडको नयाँ वर्ष अफर : सुपर सवारी २०८०

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...