मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आज नयाँ मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यस बाइकको शुरुवाती मूल्य ४ लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ, जुन सीमित अवधिका लागि मात्र कायम रहने बताइएको छ । अफरोड सेग्मेन्टको यो बाइक दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध रहेको छ । यो बाइकले नेपालको हरेक सडकलाई चुनौती दिनसक्ने बताइएको छ ।

२२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२.५ किलोवाट र टर्क १७ एनएम रहेको छ । यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिस÷फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ । जसका कारण नेपाली युवा राइडरमाझ यसले छिट्टै प्रभाव पार्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

एसएलआर टेक्नो एन्ड ट्रेडले विगत ५ बर्षदेखि मोटरहेड ब्रान्डको डर्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई उपलब्ध गराउँदै आएको छ । यी बाइक नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्सका कारण युवा राइडरमाझ लोकप्रिय बन्दै गएको कम्पनीका महाप्रबन्धक उज्वल जोशीले बताए ।

मोटरहेड विश्वमै परिचित चिनियाँ ब्रान्डको अफरोड बाइक हो । नेपाली बजारमा प्रभाव जमाउन सफल यो ब्रान्डको हाल देशभर बिक्री र बिक्री पछिको सेवा बिस्तार भैरहेको छ । देशका बिभिन्न १४ स्थानमा डिलर आउटलेट विस्तार गरेको कम्पनीले आगामी दिनमा बिक्री र बिक्री पछिको सेवालाई थप विस्तार गर्दै जाने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेड मोटरसाइकलको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य सूची

मोटरहेड मोटरसाइकलको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध मोटरहेड मोटरसाइकलको मूल्य बढेको छ ।...

शनिबार मोटरहेडले एड्भेन्चर राइड अयोजना गर्ने

शनिबार मोटरहेडले एड्भेन्चर राइड अयोजना गर्ने

चैत १२ गते शनिबारका दिन मोटरहेड बाइकले एड्भेन्चर राइड कार्यक्रम गर्ने...

यस्तो छ सलमान खानले प्रयोग गर्ने बुलेटप्रुफ टोयोटा ल्यान्डक्रुजर

यस्तो छ सलमान खानले प्रयोग गर्ने बुलेटप्रुफ टोयोटा ल्यान्डक्रुजर

बलिउड अभिनेता सलमान खान गत हप्ता पहिलो पटक बुलेटप्रुफ टोयोटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...