मोटरहेडको अफर : नगद छुट, प्रत्येक बाइक बिक्रीवापत १ हजार सामाजिक संस्थालाई दिइने

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत नगद खरिदमा १२ हजार, फाइनान्स खरिदमा ८ हजार र एक्सचेन्ज गरी खरिद गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ पाउने छन् । यसका साथै कम्पनीको तर्फबाट थप एसेसरिजहरु पनि प्रदान गरिने बताइएको छ ।

चैत २९ बाट प्रारम्भ हुने सो अफर आगामी बैशाख ३१ सम्म लागू हुनेछ । नेपालभर रहेका मोटरहेडका सम्पूर्ण सोरुमहरुबाट सो अफर प्राप्त गर्न सकिने छ ।

अफरको नयाँ आकर्षणको रुपमा संस्थागत सामाजिक उत्तरदायित्व समेत जोडेको कम्पनीले बताएको छ । यस अन्तर्गत बिक्री भएका प्रत्येक मोटरसाइकलवापत १ हजार रुपैयाँ छुट्याइने छ । अफर सकिए पश्चात एक कार्यक्रमको आयोजना गरी उक्त रकम कुनै एक सामाजिक संस्थालाई हस्तान्तरण गरिने एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले बताए ।

मोटरहेडले विभिन्न समयमा विभिन्न अफर ल्याउने गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा ल्याइएको यो अफर आफैमा एक पृथक र तारिफ योग्य छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २...

दशैंको मोटरसाइकल : मोटरहेड टेक्कन आर २५० मा आकर्षण, छिट्टै मूल्य बढ्ने अनुमान

दशैंको मोटरसाइकल : मोटरहेड टेक्कन आर २५० मा आकर्षण, छिट्टै मूल्य बढ्ने अनुमान

काठमाडौं – नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर...

एउटै मोटरसाइकलमा ३५ हजार छुट : यो नयाँ वर्ष अफर होइन

एउटै मोटरसाइकलमा ३५ हजार छुट : यो नयाँ वर्ष अफर होइन

काठमाडौं – मोटरहेडको एउटै मोटरसाइकलमा ३५ हजार रुपैयाँ छुट उपलब्ध भइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...