मोटरहेडको अफर : नगद छुट, प्रत्येक बाइक बिक्रीवापत १ हजार सामाजिक संस्थालाई दिइने

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत नगद खरिदमा १२ हजार, फाइनान्स खरिदमा ८ हजार र एक्सचेन्ज गरी खरिद गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ पाउने छन् । यसका साथै कम्पनीको तर्फबाट थप एसेसरिजहरु पनि प्रदान गरिने बताइएको छ ।

चैत २९ बाट प्रारम्भ हुने सो अफर आगामी बैशाख ३१ सम्म लागू हुनेछ । नेपालभर रहेका मोटरहेडका सम्पूर्ण सोरुमहरुबाट सो अफर प्राप्त गर्न सकिने छ ।

अफरको नयाँ आकर्षणको रुपमा संस्थागत सामाजिक उत्तरदायित्व समेत जोडेको कम्पनीले बताएको छ । यस अन्तर्गत बिक्री भएका प्रत्येक मोटरसाइकलवापत १ हजार रुपैयाँ छुट्याइने छ । अफर सकिए पश्चात एक कार्यक्रमको आयोजना गरी उक्त रकम कुनै एक सामाजिक संस्थालाई हस्तान्तरण गरिने एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले बताए ।

मोटरहेडले विभिन्न समयमा विभिन्न अफर ल्याउने गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा ल्याइएको यो अफर आफैमा एक पृथक र तारिफ योग्य छ ।

सम्बन्धित समाचारहरू

मोटरहेड बिक्री गरिरहेको एसजी ग्रुपले ल्यायो प्रतिष्ठित इटालियन ब्रान्ड ट्यारोका मोटरसाइकल र स्कुटर

मोटरहेड बिक्री गरिरहेको एसजी ग्रुपले ल्यायो प्रतिष्ठित इटालियन ब्रान्ड ट्यारोका मोटरसाइकल र स्कुटर

काठमाडौं – अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध...

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

काठमाडौं – नेपाली बजारमा मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक भित्रिएको छ ।...

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा भित्रिएको नयाँ स्पोर्ट्स बाइक : टारो जीपी २ २००

नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...