अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी
क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रिएको छ । नेपालका...
काठमाडौं – नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले दशै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ ।
भाद्र २४ देखि प्रारम्भ हुने उक्त अफर आगामी कात्तिक २४ सम्म चल्ने छ । उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइने छ । त्यसैगरी सो अवधिमा मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद प्रदान गरिने कम्पनीको भनाइ छ ।
कम्पनीको यो अफर नेपालभरका सोरुममार्फत प्राप्त गर्न सकिने छ । यस्ता खाले ग्राहकमुखी अफर कम्पनीले पहिले देखि नै ल्याइरहेको भए पनि यसपाली भने अलि फरक र फराकिलो अफर ल्याएको देखिन्छ ।
ग्राहकलाई मोटरसाइकल चढ्न मात्र होइन, चढेपछि खुसी अनुभूति गर्न र गराउन सदैव लाग्ने हो भन्ने सन्देश पनि दिएको देखिन्छ ।
कम्पनीले हालै धादिङ र मन्थलीमा पनि डिलरसिप विस्तार गरेको र कावासोतीमा पनि बिक्री विस्तार गरिसकेको छ । यही भाद्र महिनाको अन्तिम सातादेखि विर्तामोडमा समेत बिक्री विस्तार हुने र दशै अगावै राजमार्गका अति व्यस्ता दुई तीन स्थानमा समेत आधिकारिक सर्भिस सेन्टर विस्तार गर्ने योजना भएको कम्पनीको भनाइ छ ।
क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रिएको छ । नेपालका...
तनहुँ – मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड...
काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...