मोटरहेडको ५ दिने एक्सचेन्ज क्याम्प हुने, पुरानो बाइकमा थप २० हजार दिइने
काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारीक वितरक एसएलआर टेक्नो...
मोटरहेड ब्राण्डको आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले धादिङको बैरेनिमा नयाँ सर्भिस सेन्टर बिस्तार गरेको छ । आज एक कार्यक्रमका बिच वडा अध्यक्ष राजन श्रेष्ठले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् ।
सो क्षेत्रमा २० बर्षदेखी संचालन हुँदै आइरहेको रमेश मोटरसाइकल वर्कशपलाई कम्पनीले आफ्नो आधिकारिक सर्भिस सेन्टरको मान्यता प्रदान गरेको हो । यस क्षेत्रमा लागेको २० वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको र मोटरहेड ब्राण्डका वाइकहरु पनि यस क्षेत्रमा प्रशस्त मात्रमा गुड्न थालेका कारण उक्त ब्राण्डसंग आफू आवद्ध भएको संचालक रमेश श्रेष्ठले बताए ।
नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै, हाइवेमा बाइक चलाउने राइडरलाई सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको श्रेष्ठको भनाई छ ।
आधिकारिक सर्भिस सेन्टरको मान्यता प्राप्त गरेको अबसरमा आज र भोलि दुई दिने एक्सचेन्ज क्याम्प पनि शुरु भएको श्रेष्ठले बताए । उनले भने, ‘यो दुई दिन भित्रमा मोटरहेडका जुनसुकै नयाँ बाइक खरिद गर्दा नगदमा १० हजार र फाइनान्समा ७ हजार छुटको ब्यवस्था मिलाइएको छ । साथै पुरानोसंग एक्सचेन्ज गर्दा बजार मूल्याकंनमा थप १५ हजार अतिरिक्त छुट दिइनेछ ।’
यसका साथै स्पेयर पार्ट्स र सर्भिसमा समेत विशेष छुटको सुविधा उपलब्ध हुने र यो दुई दिन जुनसुकै ब्राण्डका वाइकमा पनि निशुल्क वासको सुबिधा दिइने उनले बताए ।
काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारीक वितरक एसएलआर टेक्नो...
काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो न्ड...
काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...