२ लाख देखि २ लाख २५ हजार हाराहारीका चल्तीका मोटरसाइकल : माइलेज पनि धेरै

नेपाली बजारमा पछिल्लो समयमा सवारी साधनको मूल्य समेत लगातार रुपमा बढिरहेको छ । पहिले करिब १ लाख देखि १ लाख ५० हजार रुपैयाँ सम्म पाइने सबैभन्दा कम मूल्यका मोटरसाइकल अब सो मूल्यमा उपलब्ध हुन सक्ने अवस्था छैन । अहिले सबैभन्दा कम मूल्यका मोटरसाइकलको मूल्य नै २ लाख देखि २ लाख २५ हजारको हाराहारी छ ।

नेपाली बजारमा उपलब्ध विभिन्न ब्रान्ड मध्ये बजाज, होन्डा, यामाहा, हिरो, सुजुकी आदि ब्रान्डका सबैभन्दा कम मूल्यका मोटरसाइकल यही रेन्जमा उपलब्ध छन् ।

बजाजको सबैभन्दा कम मूल्यको मोटरसाइकल प्लाटिना १०० ईएस हो । यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी डिस्कभर १२५ ड्रमको मूल्य २ लाख ९ सय, डिस्कभर १२५ डिस्कको मूल्य २ लाख २१ हजार ९ सय र डिस्कभर १२५ एसटीको मूल्य २ लाख २७ हजार ९ सय रुपैयाँ छ ।

होन्डाको यो सेगमेन्टमा भएको एक मात्र मोटरसाइकल सीडी ड्रिम डिएलक्स हो । यसको मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ छ ।

यामाहाको पनि यो रेन्जमा मोटरसाइकल छैन । यामाहाको सबैभन्दा कम मूल्यको मोटरसाइकल सलुटो हो । यसको मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ छ ।

यो रेन्जमा सबैभन्दा धेरै मोटरसाइकल हिरोसँग उपलब्ध छ । हिरोको सबैभन्दा कम मूल्यको मोटरसाइकल हिरो एचएफ डिलक्स हो । यसको मूल्य १ लाख ७८ हजार रुपैयाँ छ । त्यसैगरी स्प्लेन्डर प्लसको मूल्य १ लाख ८९ हजार र हिरो स्प्लेन्डर स्मार्ट ११० को मूल्य १ लाख ८३ हजार ५ सय रुपैयाँ छ ।

हिरो सुपर स्प्लेन्डर ट्युबलेसको मूल्य २ लाख ७ हजार ५ सय र ग्ल्यामर डीआरएस एसभीको मूल्य २ लाख ४ हजार ५ सय रुपैयाँ छ । त्यसैगरी ग्ल्यामर डीएसएस एसभीको मूल्य २ लाख १८ हजार ५ सय र डीएसएस टेक्नोको मूल्य २ लाख २६ हजार ५ सय रुपैयाँ छ ।

टीभीएसको सबैभन्दा कम मूल्यको मोटरसाइकल रेडिअन हो । यसको मूल्य १ लाख ९३ हजार ९ सय छ । त्यसपछि टीभीएस स्ट्राइकर रिफ्रेसको मूल्य २ लाख २१ हजार ९ सय रुपैयाँ छ ।

त्यसैगरी सुजुकीको सबैभन्दा कम मूल्यको मोटरसाइकल हायाते ईपी हो । यसको मूल्य १ लाख ९९ हजार ९ सय रुपैयाँ छ ।

विशेष गरी पहिलो पटक मोटरसाइकल प्रयोग गर्ने राइडरहरु र दैनिक जीवनका लागि यी मोटरसाइकल उपयोगी हुन्छन् । हाल पेट्रोलियम पदार्थको मूल्य बढिरहेको समयमा धेरै माइलेज दिने भएकाले पनि यी मोटरसाइकल उपयोगी भएको पाइन्छ ।

सम्बन्धित समाचारहरू

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

पल्सर एफ २५० को नयाँ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

बजाजले भारतमा पल्सर एफ २५० को २०२४ संस्करण सार्वजनिक गरेको छ । बाइकको मूल्य...

५ हजार सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

५ हजार सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...