मोटरसाइकल वा स्कुटर ? पहिलो पटक किन्न चाहनेका लागि कुन उपयुक्त ?

पहिलो पटक दुई पाङ्ग्रे सवारी साधन किन्न लागेका मानिसहरूका लागि ठूलो प्रश्न हुन्छ—मोटरसाइकल किन्ने कि स्कुटर ? यो निर्णयमा धेरै लामो समय अल्झिन्छन् । नेपालमा मात्र हरेक महिना हजारौं मानिसहरू बाइक र स्कुटरबीचको छनोटमा अन्योलमा पर्ने गरेको तथ्यांक छ ।

मोटरसाइकलको लोकप्रियता उच्च छ । १०० सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकलहरू बढी बिक्री हुने खण्डमा पर्छ । हिरो, होन्डा, बजाज, यामाहा र टीभीएस जस्ता कम्पनीका बाइकहरू विशेष मागमा छन्। प्रायः युवा पुस्ता, कलेज जाने विद्यार्थीदेखि लिएर रोजगारीका लागि मोटरसाइकल रोज्ने गरेको पाइन्छ ।

मोटरसाइकल लामो दूरीको यात्रा गर्न उपयुक्त हुन्छ । स्कुटरको तुलनामा बढी आरामदायी, ठूलो इन्धन ट्याङ्की भएको कारण एक पटकको रिफ्युलिङमै लामो यात्रा सम्भव हुन्छ । फिचर र सेफ्टीको हिसाबले पनि मोटरसाइकल राम्रो मानिन्छ ।

तर स्कुटरको उपयोगिता फरक ढंगको हुन्छ । नयाँ प्रयोगकर्ताका लागि स्कुटर चलाउन सजिलो हुन्छ । हलुका तौल र सिटमुनि भण्डारण हुने सुविधा यसका मुख्य विशेषता हुन् । दैनिक अफिस जान, किनमेल गर्न वा छोटो दूरीमा सामान बोकेर यात्रा गर्न स्कुटर उपयुक्त मानिन्छ । महिलाहरूले स्कुटरलाई बढी रोज्ने गरेका छन्, जसमा सजिलै सामान राख्न सकिने र छोटो दूरीका लागि चलाउन सहज हुने भएकाले यो घरपरिवारमै बढी प्रयोग हुने साधन बनेको छ ।

मोटरसाइकल र स्कुटर दुवैका आफ्नै विशेष फाइदा र उपयोग छ । लामो दूरी र नियमित यात्रा गर्नेको लागि मोटरसाइकल उत्तम मानिन्छ भने दैनिक काम, सजिलो सञ्चालन र सामान बोक्ने आवश्यकताका लागि स्कुटर बढी उपयोगी देखिन्छ ।

सम्बन्धित समाचारहरू

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल...

कार र चालकलाई सुरक्षित राख्ने अत्याधुनिक प्रविधि एडास के हो ?

कार र चालकलाई सुरक्षित राख्ने अत्याधुनिक प्रविधि एडास के हो ?

तपाईले एडास अर्थात एडभान्स ड्राइभर असिस्ट सिस्टमको बारेमा सुन्नु भएकै...

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) – सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...