बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी हुँदै
रामेछाप – असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले...
तपाईले एडास अर्थात एडभान्स ड्राइभर असिस्ट सिस्टमको बारेमा सुन्नु भएकै होला । यो प्रिमियम कारमा एड्भान्स फिचरको रुपमा प्रयोग गरिन्छ । साथै सेफ्टीका लागि कारमा उपयुक्त फिचर पनि हो । के हो त एडास भनेको ?
सो सुविधा सुरुवाती चरणमा केवल प्रिमियम कारहरुमा मात्र उपलब्ध थियो तर हाल आएर लो बजेटको कारहरूमा समेत यो प्रविधि जडान गर्न थालिएको छ। सुरक्षा प्रति सचेत उपभोक्ताले एडास भएको गाडी रोज्ने गरेका छन्। साथै सो सिस्टमलाई अहिले कार उद्योगमा सबैभन्दा प्रभावकारी सुरक्षा प्रविधि मानिन्छ।
एडास सिस्टमको काम चालकलाई सुरक्षित यात्रामा सहयोग पुर्याउनु हो। गाडी चलाउने क्रममा मानवीय त्रुटि वा असावधानीका कारण हुने दुर्घटनालाई यसले कम गर्छ। उदाहरणका लागि, राजमार्गमा गाडी चलाउँदै गर्दा चालक निदाएको वा ध्यान विचलित भएको अवस्थामा, अगाडिको गाडी वा अचानक आउने अवरोधसँग ठोक्किनुअघि यसले चालकलाई चेतावनी दिन्छ। यदि चेतावनीपछि पनि चालकले नियन्त्रण लिन सकेन भने सो सिस्टमले आफैं ब्रेक लगाएर दुर्घटना हुनबाट जोगाउँछ।
सो सिस्टममा अर्को महत्वपूर्ण सुविधा भनेको ‘लेन किप असिस्ट’ हो। यदि गाडी आफ्नो लेनबाट बाहिर जाँदैछ भने यसले स्टेयरिङ नियन्त्रण गरी गाडीलाई पुनः लेनमा फर्काउँछ। यस्तै, ‘ब्लाइन्ड स्पट डिटेक्शन’ सुविधा पनि यसमा हुन्छ। कारका साइड हेडलाइटबाट नदेखिने भागमा अर्को गाडी वा अवरोध भएमा सो सिस्टमले तुरुन्तै जानकारी दिन्छ।
एडासले क्यामेरा, राडार र अल्ट्रासोनिक सेन्सरको सहायताले वरिपरिको वातावरण बुझ्छ। यी सेन्सरले संकलन गरेको तथ्यांकलाई सफ्टवेयर र एआईले प्रशोधन गरेर सम्भावित खतराको पहिचान गर्छ। खतरा देखिएमा चालकलाई चेतावनी दिइन्छ र आवश्यक परेमा सिस्टम आफैं सक्रिय भई गाडी नियन्त्रणमा लिन्छ।
रामेछाप – असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले...
सडक सञ्जाल कुनै पनि देशको भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिको मेरुदण्ड...
काठमाडौं–पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...