मर्सिडिज र फरारी कार भन्दा पनि महँगो छ यो टायर, सबैभन्दा महँगो कुन ? हेर्नुहोस्
सन् २०१६ मा जेड टायरले विश्वको सबैभन्दा महँगो टायर बनाएको थियो । यसमा २४...
फ्रेन्च टायर निर्माता मिसिलिन यो बर्ष पनि ब्रान्ड फाइनान्सले गरेको मूल्यांकनमा सर्बाधिक मुल्यवान टायर ब्रान्ड बनेको छ । ब्रान्ड भ्यलुएसनमा विश्वकै अग्रणी मानिने यो कन्सल्टेन्सीले गरेको ब्रान्ड इन्डेक्समा मिसिलिनले ८५.८ अंक प्राप्त गर्दै उक्त स्थान हासिल गरेको हो ।
सन् २०१८ देखि निरन्तर मूल्यवान टायर ब्रान्डको ताज कायमै राख्न सफल यो ब्रान्डको मूल्य यो बर्ष बढेर ७ हजार ७ सय ३६ मिलियन डलर पुगेको छ । अघिल्लो बर्ष उक्त मूल्य ६ हजार ८ सय ४८ मिलियन डलर रहेको थियो । मूल्यवान ब्रान्डको सूचीमा पहिलो स्थान ओगटेको मिसिलिनलाई अर्को जपनिज ब्रान्ड ब्रिजस्टोनले पछ्याइरहेको छ । ब्रिजस्टोन बिगत ५ बर्षयता सूचीको दोस्रो स्थानमा रहँदै आएको छ
त्यसैगरी मिसिलिनले अघिल्लो बर्ष अर्थात सन् २०२१ मा २५.९ बिलियन डलरको कारोबार गर्दै सर्बाधिक बिक्री हुने ब्रान्डमा समेत कब्जा जमाएको छ । बिक्रीमा पनि उसलाई ब्रिजस्टोनले पछ्याउँदै दोस्रो स्थान ओगटेको छ । कोरोना महामारीका कारण निम्तिएको प्रतिकूल परिस्थितिका बावजुद मिसिलिनले अघिल्लो बर्ष बिक्री बढाएर अग्रस्थानमा आएका कारण अबको केही बर्ष बिक्रीमा पनि यसले बजारको नेतृत्व कायमै राख्ने अनुमान गरिएको छ ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादन हुने कारण मिसिलिनले बिश्व बजारमा एक प्रिमियम र उच्च गुणस्तरीय टायर ब्रान्डको पहिचान बनाइरहेको छ । विश्वका अधिकांश प्रिमियम ब्रान्डका सवारीसाधनमा ओई फिटमेन्ट भएर आउने मिसिलिनलाई सर्बाधिक इन्धन किफायती टायरका रुपमा समेत लिने गरिन्छ ।

बिश्वमा यसको ९ वटा आर एन्ड डी सेन्टर रहेको छ भने २६ राष्ट्रमा ११७ वटा उत्पादन युनिट र १७० भन्दा बढी देशमा कारोबार भैरहेको छ । हालै यसले मोटोजीपी रेसलाई विशेष प्रकारको टायर सप्लाई गर्ने सम्झौतालाई सन् २०२६ सम्म निरन्तरता दिइने उद्घोष समेत गरेको छ ।
नेपाली बजारमा समेत उपलब्ध यो टायरलाई ग्राहकले प्रिमियम ब्रान्डको टायरका रुपमा लिई आफ्नो सवारीसाधनमा प्रयोग गरिरहेका छन् । नेपालमा यसको टु ह्विलर देखि, प्यासेन्जर कार, कमर्सियल भेइकल र हवाईजहाज सम्ममा प्रयोग गर्न मिल्ने टायर उपलब्ध छ ।
देशकै सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी सिप्रदी ग्रुप अफ कम्पनिज अन्तर्गतको सिप्रदी अटो पार्ट्सले यसको आयात गरी कारोबार गरिरहेको छ ।
सन् २०१६ मा जेड टायरले विश्वको सबैभन्दा महँगो टायर बनाएको थियो । यसमा २४...
चितवन – चितवको भरतपुरस्थित प्रदर्शनी केन्द्रमा चलिरहेको चौथो नेपाल एग्री...
टायर उद्योगमा नयाँ क्रान्ति आएको छ। अहिले ट्युब टायर र ट्युबलेस टायरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...