चीनका टप १० ब्रान्डमध्ये अधिकांश ब्रान्डको नेपालमा कारोबार, बन्दै चाइनिज गाडी हब

पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम बढिरहेको छ । साउन महिनाभित्र मात्र चीनका प्रख्यात ३ अटोमोबाइल ब्रान्ड नेपाल प्रवेश गरे । चीनको प्रख्यात ब्रान्ड चाङ्गन, ग्रेटवाल र चेरी नेपाल भित्रिएका हुन् । यी तीनवटै ब्रान्डलाई नेपालको अटोमोबाइल व्यवसायमा स्थापित कम्पनी एमएडब्लु ग्रुप, विशाल ग्रुप र शारडा ग्रुपले भित्र्याएको हो ।

अटोमोबाइल व्यवसायको विस्तारमा आक्रामक बन्दै गएका यी ३ ग्रुपको रोजाइमा चिनियाँ ब्रान्ड परेपछि अहिले अन्य व्यावसायिक घरानामा समेत यो चासोको विषय बनेको छ । यसअघि एमजी, डीएफएसके, जेएसी र फोटोन ब्रान्डका सवारीसाधन नेपाल भित्रिइसकेका छन् ।

नेपाल भित्रिएका यी सबै ब्रान्ड चीनको टप १० ब्रान्डमा सुचिकृत अटोमोबाइल कम्पनीका उत्पादन हुन् । एमएडब्लु ग्रुपले भित्र्याएको चाङ्गन चीनमा सर्बाधिक बिक्री हुने प्यासेन्जर कार हो । त्यसैगरी सोही ग्रुपले बिक्री गर्दै आइरहेको फोटोन समेत चीनको टप १० अटोमोबाइल कम्पनीमा सामेल हुन सफल बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कम्पनी अन्तर्गतको उत्पादन हो । यो कम्पनीले चीनमा हुन्डाई र मर्सिडिज बेन्जजस्ता विश्वप्रख्यात अटोमोबाइल ब्रान्डसँग सहकार्य गर्दै आइरहेको छ । फोटोन कमर्सियल भेइकलका क्षेत्रमा चीनकै कहलिएको ब्रान्ड समेत हो ।

चीनको दोस्रो ठूलो अटो उत्पादक सांघाई अटोमोटिभ इन्डस्ट्री कर्पोरेसनले उत्पादन गर्ने एमजी ब्रान्डका सवारी साधनलाई पारामाउन्ट मोटर्सले आयात गरी कारोबार गरिरहेको छ । ब्रिटिश ब्रान्ड भए पनि हाल यो चाइनिज कम्पनीको स्वामित्वमा छ । पारामाउन्टमा विशाल ग्रुप र मुरारका अर्गनाइजेसनका सञ्चालक संलग्न छन् ।

त्यसैगरी चीनको चौथो ठूलो अटो उत्पादक डोङफेङ मोटरको उत्पादन डीएफएसके विगत २ वर्षयता कारोबार हुँदै आइरहेको छ । यो ब्रान्डलाई कुजु नेपालले आयात गरी कारोबार थालेको हो । यो कम्पनी अटोमोबाइल व्यवसायमा नयाँ नाम भएपनि छोटो समयावधिमा राम्रो कारोबार गर्न सफल सावित भएको छ ।

फक्सवागन, रेनो, एमजी र माज्दा गाडीको कारोबार गर्दै आइरहेको विशाल ग्रुपले अर्को चर्चित ब्रान्ड ग्रेटवाल भित्र्याएर चिनियाँ ब्रान्डको बजार प्रवद्र्धनमा होमिएको छ । यसैगरी यसअघि निसान र ड्याट्सन गाडीको कारोबार गर्दै आइरहेको शारडा ग्रुपले चेरी भित्र्याएर एकाएक चर्चामा आएको छ । ग्रेटवाल र चेरी दुबै चीनका टप १० अटो उत्पादकका उत्पादन हुन् ।

टप १० सूचीमा पर्न सफल जेएसी ब्रान्डको पिकअप समेत नेपाल भित्रिएको छ । यो पिकअपलाई जेएसी मोटर्स नेपालले भित्र्याएको हो । यो चीनको नम्वर वान कमर्सियल भेइकल रहेको दाबी गरिएको छ ।

साख एन्ड कम्पनीले बीएआईसीको बीजे ४० प्लस अफरोड गाडी नेपाल ल्याउने तयारी गरेको समाचार पहिले नै सार्वजनिक भइसकेको थियो । यसको लागि सम्पूर्ण तयारी पूरा भएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये बीवाईडी पनि निकै लोकप्रिय छ । राष्ट्रपति र उर्जा मन्त्री समेतले चढ्ने बीवाईडीका इलेक्ट्रिक गाडी नेपाली बजारमा लोकप्रिय छन् । साइमेक्स इंकले बीवाईडीका गाडी नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ ।

टप १० ब्रान्डमा सामेल ब्रान्डमध्ये अब चीनबाट आयात हुन जिली, एफएडब्लु, एक्सपेङ, सिनो ट्रक जस्ता ब्रान्ड मात्र बाँकी रहेका छन् । यी ब्रान्डसमेत अबको केही समयभित्र नेपाल भित्रिसक्ने अनुमान लगाउन सकिन्छ ।

सन् २०२० को सेल्स भोल्युम अनुसार सबैभन्दा बढी कार बिक्री गर्न सफल ब्रान्डको रुपमा पहिलो नम्बरमा एसएआईसी मोटरकर्प रहेको छ । यो ग्रुपले २० लाख ५३ हजार युनिट गाडी बिक्री गरेको थियो । त्यसैगरी टप १० मा क्रमशः चाङ्गन अटोमोबाइल, झेजियाङ जिली होल्डिङ ग्रुप, डोङफेङ मोटर, ग्रेटवाल मोटर्स, बीएआईसी ग्रुप, एफएडब्लु ग्रुप, चेरी अटोमोबाइल, सिनो ट्रक र जेएसी ग्रुप रहेका थिए ।

त्यसैगरी गत वर्ष प्रकाशित सूची अनुसार बजार पुँजीकरणको आधारमा सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी बीवाईडी हो । त्यसैगरी दोस्रो देखि दशौं नम्बर सम्म क्रमशः एसएआईसी मोटर्स, नियो, जिली, ग्रेटवाल मोटर्स, एक्सपेङ मोटर्स, जीएसी ग्रुप, लि अटो, एफएडब्लु ग्रुप र चाङ्गन अटोमोबाइल रहेका छन् ।

सम्बन्धित समाचारहरू

नेपाल नआइपुग्दै महंगो भयो एमजी विन्डसर, मुल्य कति बढ्यो ?

नेपाल नआइपुग्दै महंगो भयो एमजी विन्डसर, मुल्य कति बढ्यो ?

एमजीले गत सेप्टेम्वरमा लन्च गरेको नयाँ ईभी विन्ड्सर थप महंगो भएको छ । एमजी...

मिकु सुपर : क्रुज कन्ट्रोल सहितको इलेक्ट्रिक बाइक (मूल्य र फिचर सहित)

मिकु सुपर : क्रुज कन्ट्रोल सहितको इलेक्ट्रिक बाइक (मूल्य र फिचर सहित)

नेपाली बजारमा केही समय पहिले भित्रिएका मिकु ब्रान्डका इलेक्ट्रिक बाइक फरक...

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान

मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...