१४ करोड २० लाख डलरमा बिक्री भयो मर्सिडिज वेन्जको यो भिन्टेज कार

मर्सिडिज वेन्जको ६७ वर्ष पुरानो मोडलको एक कार हालसम्मकै सर्बाधिक बढी मूल्यमा बिक्री भएको छ । १९५५ मोडलको ३०० एसएलआर युहनोट कुपे केही दिन पहिले जर्मनीमा आयोजना गरिएको एक गोप्य अक्सन मार्फत १४ करोड २० लाख डलरमा बिक्री भएको हो । यसअघि १९६२ मोडलको फरारी २५० जिटिओ सन् २०१८ मा सर्बाधिक बढी मूल्य ४ करोड ८४ लाख डलरमा बिक्री भएको थियो । यो कार खरिद गर्ने मालिकको नाम हालसम्म वाहिर ल्याइएको छैन ।

यती धेरै मूल्यमा बिक्री भएको यो कार आफैमा एक विशेष रहेको हुँदा जति नै मूल्यमा बिक्री भएपनि उक्त मूल्यसंग यसको गरिमालाई तुलना गर्न नमिल्ने बताइएको छ । मर्सिडिजको इतिहाससंग जोडिएको यो कारलाई कम्पनीले कहिल्यै पनि बिक्री नगर्ने अनुमान समेत लगाइएको थियो ।

यो भिन्टेज कारको महत्व मर्सिडिज वेन्जको उत्पतिसंग जोडिएको छ । १९५४ र १९५५ मा फर्मूला वान च्याम्पियन सिपको विजेता अर्जेन्टिनी स्टार जोन म्यानुलअ फ्यान्गियोले प्रयोग गरेको ८ सिलिन्डर मर्सिडिज वेन्ज डब्लु १९६ मा आधारित यो कार जम्मा ९ युनिटमात्र उत्पादन गरिएको थियो । ‘मोना लिसा अफ कार’ को उपमा समेत पाएको यो कारले अन्य थुप्रै रेसिङ प्रतियोगितामा समेत नयाँ रेकर्ड बनाएको थियो ।

सम्बन्धित समाचारहरू

बीएमडब्ल्युको लन्च हुने आगामी बाइकको नाम जी३१० आरआर हुने पुष्टि

बीएमडब्ल्युको लन्च हुने आगामी बाइकको नाम जी३१० आरआर हुने पुष्टि

बीएमडब्ल्युले चाँडै नै जी३१० आरआर नामको बाइक लन्च गर्न लागेको छ । कम्पनीले...

२ करोड बढी मूल्यको प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाल भित्रिदै, यस्ता छन् आकर्षक फिचर

२ करोड बढी मूल्यको प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाल भित्रिदै, यस्ता छन् आकर्षक फिचर

काठमाडौं – नेपाली बजारमा पहिलो पटक बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स३...

नयाँ ईभी कर नितीपछि बीएमडब्लू आईएक्स१ को मूल्य १ करोड ३० लाखले वृद्धि

नयाँ ईभी कर नितीपछि बीएमडब्लू आईएक्स१ को मूल्य १ करोड ३० लाखले वृद्धि

काठमाडौंः बीएमडब्लू गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...