चन्द्रागिरिमा कार रेस प्रतियोगिता सम्पन्न, यी भए विजेता (फोटोफिचर)

नेपाल मोटर स्पोट्र्स एन्ड रोड सेफ्टी फेडरेसन (एनएमआरएफ) ले विश्व वातावरण दिवसको अवसर पारेर ललितपुर देखि चन्द्रागिरि सम्म MOSROS ललितपुर–चन्द्रागिरी सम्पदा कार -याली र नेसनल अटोक्रस च्याम्पियनसिप आयोजना गरेको छ ।

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य शिशिर खनाल र ललितपुर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष खड्काले एक समारोहका बिच फ्ल्याग अफ गरी सो कार -यालीको शुभारम्भ गरे । सो अवसरमा बोल्दै मन्त्री खनालले नेपालमा मोटर स्पोर्ट्सले साहसिक खेलकुद तथा दिगो पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने बताए ।

नेसनल अटोक्रस च्याम्पियनसिपको शुभारम्भ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले गरेका थिए । उनले नासा नेपालका उपाध्यक्ष अनिल बरालले चलाएको गाडीमा बसेर ट्रयाक परिक्रमा गरी यसको शुभारम्भ गरेका थिए ।

राष्ट्रिय कार रेस प्रतियोगिता नेसनल अटोक्रस च्याम्पियनसिपको उपाधि आशिष भारतीले जितेका छन् । प्रतियोगितामा विप्लक श्रेष्ठ दोस्रो भएका थिए ।

प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई भियतनाममा केही समयपछि हुने अन्तर्राष्ट्रिय मोटर रेस प्रतियोगितामा सहभागी गराइने जानकारी आयोजकहरूले दिएका छन् । प्रतियोगितामा तीनजना महिलासहित २७ जना सहभागी थिए । 

प्रतियोगिताकै नोभिस श्रेणीतर्फको रेसमा लाक्पा सोनाम शेर्पाले प्रथम स्थान हासिल गरे भने राजकुमार कार्की दोस्रो भए । प्रतियोगिताअन्तर्गत ललितपुर चन्द्रागिरि सम्पदा मोटर र्यालीमा भने विप्लक श्रेष्ठ र राजन गिरीको जोडी प्रथम, प्रवेश पौडेल र प्रज्ज्वल पौडेलको जोडी दोस्रो र आशिष भारती र गौरवराज मानन्धरको जोडी तेस्रो भएको थियो । उक्त प्रतियोगितामा ललितपुर, काठमाडौँ र कीर्तिपुरका विभिन्न सम्पदा घुम्दै चन्द्रागिरि पुग्नुपर्ने थियो । यसमा प्रत्येक कारमा चालक र नेभिगेटर गरी दुई व्यक्ति सहभागी हुने गर्छन् ।

विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत खेलमात्र नभई कार रेसजस्तो पर्यटन प्रवर्द्धन गर्ने साहसिक खेलमा समेत नगरपालिकाले ध्यान दिन थालेको र आगामी दिनमा यस्ता प्रतियोगिता गर्न नगरपालिकाको तर्फबाट सहयोग रहने बताए ।

देशमा साहसिक कार रेस प्रतियोगिताको विकास गर्ने र नेपाललाई यस खेलका विश्वस्तरीय स्पर्धाका लागि आकर्षक गन्तव्यका रूपमा प्रचार गर्ने उद्देश्यले प्रतितियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

कार रेसिङ खेलको अन्तर्राष्ट्रिय संस्था एफआईएका वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले पर्यापर्यटनलाई समेत टेवा दिने भएकाले आगामी दिनमा यो खेल लोकप्रिय हुने प्रचुर सम्भाना रहेको बताए ।

प्रतियोगिता संयोजक एवं नासा नेपालका उपाध्यक्ष अनिल बरालले चन्द्रगिरिमा प्रतियोगिता आयोजना हुँदा देखिएको जनसमर्थनले देशमा एउटा रेस ट्रयाकको आवश्यकता टड्कारो देखिएको बताए । उनले प्रतियोगिताका लागि भेन्यु उपलब्ध गराउने सम्बन्धित ग्राउन्डका अध्यक्ष तथा वाइल्ड बिस्ट नेपाल लगायतका स्थानीय क्लब र सबै जनसमुदायमा हार्दिक धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ र १५ का वडाध्यक्ष क्रमशः सञ्जय सिग्देल र घनश्याम लुइटेल, नासा नेपालका पदाधिकारी र विभिन्न व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरिय कार्यक्रम लेखनाथमा सम्पन्न, बन्यो १० सदस्यीय कार्यसमूह

पोखरा – भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ‘नेसनल रोड...

यी कारणले महिलाहरूका लागि बाइक भन्दा स्कुटर राम्रो विकल्प

यी कारणले महिलाहरूका लागि बाइक भन्दा स्कुटर राम्रो विकल्प

अधिकांश महिलाहरु स्कुटर चलाउन रुचाउँछन्। स्कुटर आजकल महिलाहरुका लागि...

पोखरामा साइकल सुरक्षा र मिडियाबारे अन्तरक्रिया सम्पन्न

पोखरामा साइकल सुरक्षा र मिडियाबारे अन्तरक्रिया सम्पन्न

7th UN Global Road Safety Week को सन्दर्भमा पोखरामा एक भव्य कार्यक्रम सम्पन्न भयो । संचारिका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...