पूर्णरूपमा सञ्चालनमा आयो कान्ति लोकपथ
काठमाडौं – कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा...
काठमाडौं - बडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी देखिएको छ । विगत वर्षका दशैंमा भन्दा यस बढी चहलपहल देखिएको हो । फुलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहलपहल देखिए ।
असोज दोस्रो साता परेको अविरल बर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौं छाड्नेहरुको संख्यामा कमी आउँदा यस्तो चहलपहल देखिएको हो ।
चहलपहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।
बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रुमात्र राजधानी बाहिर गएका हुन् । यातायात व्यवसायीहरुले पनि यसबर्ष २० लाख मानिसले काठमाडौं छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।

काठमाडौं – कान्ति लोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा...
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने...
यात्रा रमाइलो भए गन्तव्यको अर्थ हराउँछ। कारबाट लामो दूरीको यात्रा गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...