हुन्डाईको नयाँ क्रेटा ७० भन्दा बढी सेफ्टी फिचरसहित आउँदै, थप जानकारी सार्वजनिक

हुन्डाई क्रेटाको फेसलिफ्ट भर्सन १६ जनवरीमा लन्च हुने भएको छ । लन्च गर्नुअघि कम्पनीले यस कारको भित्री र बाहिरी भाग सार्वजनिक गरेको छ । साथै कम्पनीले कारमा उपलब्ध सेफ्टी फिचर र इन्टेरियरको बारेमा थप जानकारी दिएको छ ।

कम्पनीले सो एसयूभीको बुकिङ पनि सुरु गरेको छ । सो कार २५ हजार भारुमा बुक गर्न सकिन्छ । सो कार ई, ईएक्स, एस, एस(ओ), एसएक्स, एसएक्स टेक र एसएक्स (ओ) गरी ७ भेरिएन्टमा उपलब्ध हुनेछ ।

कम्पनीले दिएको जानकारी अनुसार सो कारमा ७० भन्दा बढी सेफ्टी फिचस उपलब्ध हुनेछ । यसमा ३६ स्ट्यान्डर्ड सेफ्टी फिचर पनि समावेश छ । नयाँ क्रेटामा एडीएएस लेभल २, सराउण्ड भ्यू मोनिटर, ब्लाइन्ड स्पट भ्यू मोनिटर, ड्युअल जोन अटोमेटिक टेम्परेचर कन्ट्रोल जस्ता फिचर पनि उपलब्ध हुनेछ ।

एसयूभीको पछाडि भागमा नयाँ टेलगेट, नयाँ टेलल्याम्प र फुल वाइड एलईडी हुनेछ । यसको टप भेरिएन्टमा प्यानोरामिक सनरुफ, ८ वे पावर ड्राइभर सिट र भेन्टिलेटेड फ्रन्ट सिट उपलब्ध हुनेछ । कारको इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट सिस्टम हुनेछ ।

नयाँ क्रेटा १.५ लिटर नेचुरली एस्पिरेटेड युनिट र १.५ लिटर डिजेल इन्जिनको साथमा नयाँ १.५ लिटर टर्बो पेट्रोल इन्जिनले सुसज्जित हुनेछ । यसमा ६ स्पिड म्यानुअल, आईभीटी, ७ स्पिड डीसीटी र ६ स्पिड अटोमेटिक ट्रान्समिसन समावेश छ ।

साथै यसमा ६ वटा एयरब्याग, अल ह्विल डिस्क ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, बोसको ८ प्रिमियम साउन्ड स्पिकर पनि उपलब्ध छ । कम्पनीले यसमा नेक्स्ट जेनरेशनको इनोभेसन फिचर उपलब्ध गराउने बताएको छ ।

सम्बन्धित समाचारहरू

क्रेटा ईभीसहित ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा पोखरामा सार्वजनिक

क्रेटा ईभीसहित ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा पोखरामा सार्वजनिक

पोखरा- नेपाली बजारमा हालै सार्वजनिक भएको हुन्डाई क्रेटा इभी र ‘मेड इन...

हुन्डाई भेन्यु र किया सोनेट : कुन लिदा राम्रो ? के छन् फाइदा र बेफाइदा ?

हुन्डाई भेन्यु र किया सोनेट : कुन लिदा राम्रो ? के छन् फाइदा र बेफाइदा ?

काठमाडौं – नेपाली बजारमा उपलब्ध कम्प्याक्ट एसयुभीको लागि हुन्डाई भेन्यु र...

हुन्डाई टुसानले पायो भारत एनक्यापबाट ५ स्टार रेटिङ

हुन्डाई टुसानले पायो भारत एनक्यापबाट ५ स्टार रेटिङ

हुन्डाई टुसानलाई भारत एनक्यापले ५ स्टार रेटिङ दिएको छ । एसयुभीले वयस्क...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...