बाढीपीडित बालबालिका र ज्येष्ठ नागरिकलाई भेटेर यामाहा राइडरले दिए राहत र हौसला
काठमाडौं–रसुवा जिल्लामा अचानक आएको बिनाशकारी बाढीका कारण हजारौँ परिवार...
काठमाडौं – गत असोज ८ देखि राजधानीको भृकुटीमण्डपमा सञ्चालन भएको यामाहा महा एक्सचेन्ज मेला हिजो समापन भएको छ । कुनै पनि पुरानो ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग यामाहाको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने उक्त मेलामा १ हजार ९ सय युनिट भन्दा बढी मोटरसाइकल र स्कुटर एक्सचेन्ज भएको कम्पनी स्रोतले दाबी गरेको छ ।
यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिद्वारा आयोजित उक्त मेलामा विभिन्न सोरुम र रिकन्डिसन हाउस तथा फाइनान्स कम्पनीहरुको सहकार्य थियो । अन द स्पट फाइनान्स सुविधा हुनुका साथै पुरानो मोटरसाइकल स्कुटरलाई बजारमा प्रचलित मूल्य भन्दा १० हजार बढी मूल्यांकन गरिएको कम्पनीको भनाइ छ ।
यामाहाका विशेष गरी एफजी सिरिजका मोटरसाइकल र स्कुटरका साथै मेला स्थलमै लन्च गरिएको बीएस६ एमटी–१५ दर्शकहरुले विशेष चासोपूर्वक रुचि देखाएका थिए ।
मेलामा टेस्ट राइड गर्ने दर्शक मध्ये एक जनालाई हरेक दिन सुनको एक्का प्रदान गरिएको थियो ।
यसरी मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा यामाहाले हाल चाडपर्वको अवसरमा ल्याएको ‘रेस फर दी एस’ अफर अन्तर्गतका सुविधा समेत प्राप्त गर्ने अवसर उपलब्ध थियो। यस अनुसार प्रत्येक दिन गोल्ड क्वाइन जित्ने सम्भावना थियो । नयाँ मोटरसाइकल वा स्कुटरका लागि ८ हजार देखि १० हजार रुपैयाँ सम्म स्योर सट छुट प्राप्त थियो ।
त्यसैगरी प्रत्येक हप्ता एक जना विजेताले ४ तोला गोल्डेन एस अर्थात एक्का तास पाउने छन् भने बम्परमा एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।
मोटरसाइकल वा स्कुटरका लागि आवश्यक एसेसरिज निःशुल्क उपलब्ध गराइएको थियो भने मेलामा आएका कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरलाई निःशुल्क चेकअप र वास गरिने व्यवस्था समेत थियो।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...