लक्जरी कारको बिक्रीमा कीर्तिमान, २०२२ मा भए यी कार धेरै बिक्री

कोभिड–१९ को महामारी सकिए लगत्तै हालसम्म विश्वका अधिकांश लक्जरी कार निर्माता कम्पनीले आफ्नो कारको बिक्रीमा नयाँ रेकर्ड कायम गरेका छन३ । अन्य अटोमोबाइल कम्पनीहरुले महँगो ऋण, बढ्दो कम्पोनेन्ट लागत र आपूर्तिमा समस्याको सामना गरिरहँदा लक्जरी कार कम्पनीले भने बिक्रीमा नयाँ रेकर्ड बनाएका छन् ।

बेलायतको लक्जरी कार कम्पनी बेन्टलेले २०२१ मा भन्दा २०२२ मा ४ प्रतिशत बढी कार बिक्री गरेको छ । कम्पनीले १५ हजार १ सय ७४ कार बिक्री गरेको थियो । यो कम्पनीको लागि नयाँ रेकर्ड हो । सन् २०२१ मा, बेन्टलेले ३१ प्रतिशत वृद्धि गरी १४ हजार ६ सय ५९ कार बिक्री गरेको थियो । सन् २०२० मा, यसको आँकडा ११ हजार २ सय ६ थियो ।

ल्याम्बोर्गिनीको लक्जरी कार बिक्री गत वर्ष १० प्रतिशतले बढेर ९ हजार २ सय ३३ पुगेको छ । पोर्शले उत्तर अमेरिकामा ३ प्रतिशत कार बिक्री गरी नयाँ रेकर्ड बनाएको छ भने रोल्स रोयसको बिक्री ८ प्रतिशत बढेर ६ हजार २१ पुगेको छ ।

कोभिड–१९ पछि लक्जरी कार खरिदमा नगदको प्रयोग तीव्र गतिमा बढेको छ । काक्स अटोमोटिभका प्रमुख अर्थशास्त्री जोनाथन स्मोकले गत वर्ष धेरैले नगदमा लक्जरी कारहरू किनेको र यो वर्ष पहिलेभन्दा धेरै बढ्ने अपेक्षा गरिएको बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...