हरेक दिन हजारौं मानिसले बुकिङ गर्छन् हुन्डाईको यो एसयूभी

हुन्डाईको सबैभन्दा लोकप्रिय एसयूभी क्रेटाको माग निकै बढेको छ । हुन्डाई क्रेटा फेसलिफ्ट लन्च भएको ४५ दिनमै ७५ हजारभन्दा बढी बुकिङ पाएको थियो । हुन्डाई क्रेटा फेसलिफ्टको बुकिङमध्ये ९० प्रतिशतभन्दा बढीले यस मोडलको टप र मिड स्पेक भेरिएन्ट छनोट गरेका छन् । यसको मुख्य कारण यसको फिचर र सेफ्टी किट रहेको मानिन्छ ।

कम्पनीका ४३ प्रतिशत ग्राहकहरुले हुन्डाई क्रेटाको डिजेल भेरिएन्ट बुक गरेका छन् । हुन्डाई क्रेटाको डिजेल भेरिएन्टको प्रतीक्षा अवधि बढेर ६ महिना पुगेको छ । हुन्डाई क्रेटाले कम्पनीको कुल बिक्रीको २६ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको छ । त्यस्तै क्रेटा फेसलिफ्ट पेट्रोल भेरिएन्टको प्रतीक्षा अवधि लगभग २ महिनाको छ, जबकि टर्बो पेट्रोल भेरिएन्टको प्रतीक्षा अवधि अलि लामो छ ।

हुन्डाई क्रेटाले फेब्रुअरी २०२४ मा कुल १५ हजार २७६ युनिट कार बिक्री गरेको थियो । यस आधारमा क्रेटाको बिक्रीमा वार्षिक १२ प्रतिशत वृद्धि भएको छ । हुन्डाई क्रेटा फेसलिफ्टको इन्टेरियर र एक्सटेरियरमा ठूलो परिवर्तन गरिएको छ ।

कारको क्याबिनमा नयाँ १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सेफ्टीका लागि ६ एयरब्याग, भ्वाइस क्यापेबल पानोरामिक सनरुफ, ८ वे पावर एडजस्टेबल ड्राइभर सिट, फ्रन्ट भेन्टिलेटेड सिट र डी कट स्टेयरिङ ह्विल जस्ता फिचर रहेको छ ।

हुन्डाई क्रेटा फेसलिफ्टमा नयाँ १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिन उपलब्ध छ, जसले १६० बीएचपी पावर र २५३ एनएमको टर्क जेनेरेट गर्छ । अर्कोतर्फ कारमा १.५ लिटर डिजेल इन्जिन पनि छ जसले ११६ बीएचपी अधिकतम पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

भेन्यू फेसलिफ्टको वुकिङ खुल्ला, यस्तो छ तीन भेरियन्टको मूल्य

भेन्यू फेसलिफ्टको वुकिङ खुल्ला, यस्तो छ तीन भेरियन्टको मूल्य

आयत प्रतिवन्धका कारण नेपाल आउन रोकिएको भेन्यू फेसलिफ्टको अन्तत विक्रेता...

बढ्यो हुन्डाई गाडीको मूल्य, आज देखि लागू

बढ्यो हुन्डाई गाडीको मूल्य, आज देखि लागू

काठमाडौं – नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...