नयाँ ब्रान्ड मोर्बिडेलीका २ मोटरसाइकल नेपालमा, नाइमामा बुक गर्दा भारी छुट

काठमाडौं – मोर्बिडेली नेपालले हाल राजधानीको भृकुटीमण्डपमा चलिरहेको अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी३५२एक्स र टी२५२एक्स पहिलो पटकसार्वजनिक गरेको छ।

नेपालमा हाल बेनेलीका बाइक बिक्री गरिरहेको केटीएम इन्टरनेसनल ट्रेडिङले यी मोटरसाइकल भित्र्याएको हो ।

इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भूभाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

उच्च प्रदर्शन र साहसिक क्षमतायुक्त टी३५२एक्स एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो जसले नेपालको कठिन भूभागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ।

यसमा ३४९.२ सीसी ट्विन–सिलिन्डर, ८–भल्व इन्जिन रहेको छ, जसले ४०.९ एचपी पावर र ३१.५ एनएम टर्क जेनेरेट गर्छ भने ६ स्पिड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच र ७–इन्च टीएफटी डिस्प्ले छ, जुन मोर्बिडेली कनेक्ट एपसँग एकीकृत छ ।

उत्कृष्ट ह्यान्डलिङःका लागि पिरेली स्कॉर्पियन टायर, यूएसबी फ्रन्ट फोर्क, मल्टि–लिङ्क रियर सस्पेन्सन, र १८ लिटरको इन्धन ट्यांकी उपलब्ध छ ।

मोर्बिडेली टी३५२एक्सको मूल्य ९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँमै पाउन सकिने कम्पनीको भनाइ छ ।

मोर्बिडेली टी२५२एक्स स्टाइल, सहजता र किफायती मूल्यका साथ उपलब्ध छ । टी२५२एक्स विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ, जसले शहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल प्रदान गर्छ।

यसमा २४९ सीसी ट्विन–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन छ, जसले ३३.५ एचपी पावर र २१.५ एनएम टर्क जेनेरेट गर्छ भने ६–स्पिड गियरबक्स, डुअल च्यानल एबीएस, स्लिपर क्लच रहेको छ । यसका साथै १७ इन्च अलोय ह्विल, यूएसबी फ्रन्ट फोर्क, टीएफटी डिस्प्ले उपलब्ध छ।

मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले नेपाली बाइकरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव प्रदान गर्न प्रतिबद्ध भएको र यी मोटरसाइकलहरूले नेपालको सडक र अफरोड दुवैमा रोमाञ्चक यात्रा सुनिश्चित गर्ने बताए ।

घिमिरेले बिक्री पछिको सेवामा उच्च प्राथमिकता दिँदै स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।

नेपाल मोबिलिटी एक्सपो २०२५ मा मोर्बिडेली र बेनेलीका अन्य मोडलहरू विशेष छुटका साथ बुकिङ गर्न सकिनेछ। साथै बेनेलीका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ।

सम्बन्धित समाचारहरू

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा कति छ शुल्क ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि...

आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले मैले यो बाइक रोजेको हुँ – श्रेष्ठ

आकर्षक मोडल, लोभलाग्दो फिचर र आशा अनुसारको म्याचअप भएकाले मैले यो बाइक रोजेको हुँ – श्रेष्ठ

किरण श्रेष्ठ हाल सांग्रिला मोटर्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा...

सीएफमोटो बाइकमा ३५ हजार नगद छुट, फाइनान्स सुबिधा र बाली भ्रमणको अवसर

सीएफमोटो बाइकमा ३५ हजार नगद छुट, फाइनान्स सुबिधा र बाली भ्रमणको अवसर

काठडमाडौं–सीएफमोटोको नेपालका लागि आधिकारिक बितरक ऋषि ट्रेड सेन्टरले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...