नेपालमा सार्वजनिक भयो प्रिमियम विद्युतीय तीनपांग्रे ‘सुपर अटो’, मूल्य र फिचर यस्तो

काठमाडौं – भारतको विद्युतीय व्यावसायिक सवारीसाधन निर्माता कम्पनी मोन्ट्रा इलेक्ट्रिकले नेपाली बजारमा प्रिमियम प्यासेन्जर विद्युतीय तीनपांग्रे सवारी ‘सुपर अटो’ सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक वितरकको रुपमा दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिप्को ट्रेडिङ प्रालिले सुपर अटो बिक्री–वितरण सुरु गरेको हो । कम्पनीले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा छनोट गरेको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गरे । यससँगै नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको औपचारिक सुरुवात भएको छ।

नेपालको भौगोलिक अवस्था र सडकको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको यस अटोमा ९ किलोवाट आवरको ब्याट्री र ६० एनएम टर्क उत्पादन गर्ने पीएमएसएम मोटर प्रयोग गरिएको छ ।

करिब साढे चार घण्टामा फुल चार्ज हुने यो अटोले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिन्छ भने यसको अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा रहेको छ । ४.५ घण्टामा चार्ज गर्न सकिने क्षमताले दैनिक रूपमा सवारीको ज्यादा उपयोग गर्न सहयोग गर्छ ।

३२ डिग्री सम्मको उकालोमा सहजै चढ्न सक्ने क्षमता रहेको यस अटोमा सुरक्षाका लागि हिल–होल्ड असिस्ट जस्ता आधुनिक फिचरहरू उपलब्ध गराइएको छ । सवारीमा यात्रुको आरामका लागि पर्याप्त हेडरुम, लेगरुम र सहज सिटिङ व्यवस्था मिलाइएको छ । विद्युतीय भएकाले सञ्चालन खर्च निकै कम भई चालकको आम्दानी वृद्धिमा यसले प्रत्यक्ष सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।

विभिन्न ड्राइभ मोडले फरक–फरक लोड र सडक अवस्थाअनुसार सवारी चलाउन सहज बनाउँछन्। यी मोडले शक्तिको सहज वितरण सुनिश्चित गर्दै परम्परागत गियरमा आधारित सवारीसाधनमा अनुभव हुने झट्का कम गर्छन्।

यात्रु तथा चालक दुवैलाई ध्यानमा राखेर तयार गरिएको एर्गोनोमिक डुअल–टोन सिट, प्रभावकारी विन्डस्क्रिन तथा रूफ डिजाइन र थप हेडरुम तथा लेगरुमका कारण सुपर अटो लामो दूरीका यात्राका लागि समेत आरामदायी छ। साथै, यसलाई विभिन्न मौसममा पनि सहज यात्रा सुनिश्चित गर्ने गरी डिजाइन गरिएको छ। शहरी सडकदेखि नेपालको विविध भू–भागसम्म सहज रूपमा प्रयोग गर्न सकिने सुपर अटोको मूल्य पनि नेपाली बजारलाई ध्यानमा राखेर निर्धारण गरिएको छ।

कार्यक्रममा हिप्को ट्रेडिङका निर्देशक हिमांशु गोल्छाले स्वदेशी विद्युतको उपभोग बढाउँदै इन्धन आयात र निर्भरता घटाउन सुपर अटोले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कम्पनीले देशभर डिलर तथा सर्भिस नेटवर्क विस्तार गर्दै प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने जनाएको छ ।

कार्यक्रमको अवसरमा मोन्ट्रा इलेक्ट्रिक क्लिन मोबिलिटी प्रालिका अध्यक्ष अरुण मुरुगप्पन र प्रबन्ध निर्देशक जलज गुप्ताका साथै हिप्को ट्रेडिङ प्रालिका निर्देशक सिद्धार्थ जजोडियाले समेत सुपर अटो र यसको विशेषता तथा नेपालमा पाइने सुविधा वारेमा जानकारी प्रदान गरेका थिए ।

मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको बजार मूल्य ८ लाख ६४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...