मोटरसाइकल राइडरको दिमाग अध्ययन गर्ने प्रविधि ल्याउँदै छ होन्डाले, यस्तो छ प्रविधि

अटोमोबाइल कम्पनीहरु हाई लेवल अटोनोमस ड्राइभिङ फिचर जोड्नमा व्यस्त देखिएका छन् । यसै सन्दर्भमा होन्डाले पनि फरक फरक प्रविधिको लागि पेन्टेट फाइल गराएको छ । होन्डाले अमेरिकाको लस एन्जेलसस्थित रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरमार्फत हालै अपकमिङ मोटरसाइकलको लागि माइन्ड रिडिङ प्रविधिको पेटेन्ट फाइल गराएको छ ।

हेल्मेटमा रहेको इलेक्ट्रोडले राइडरको मस्तिष्कबाट प्राप्त हुने सिग्नललाई अध्ययन गर्छ र सो संकेत ब्रेन मेसिन इन्टरफेस (बीएमआई) मा पुग्छ ।

मोटरसाइकलको अनबोर्ड कम्प्युटरले यी संकेतलाई व्याख्या गर्छ र यसलाई इनपुटको रुपमा उपयोग गर्छ । यसले अन्य सिस्टमको पनि उपयोग गर्छ जस्तै, एबीएस, ट्रयाक्शन कन्ट्रोल, थ्रोटल र आईएमयू साथै सबै कारवाही निर्धारित गर्नको लागि उपयोग गरिन्छ । यसले सम्भवतः सुरक्षामा पनि सुधार गर्न सकिन्छ ।

पेन्टेट इमेजमा राइडरलाई आफ्नो दिमागको प्रयोग गरेर ह्वीली गरेको पनि देख्न सकिन्छ । यद्यपि यो एक पेन्टेट मात्र हो । यस प्रकारको गतिविधिको सक्षम प्रोटोटाइप तयार हुनमा १÷२ वर्ष लाग्नेछ । यसमा बढी लागत पनि लाग्ने सम्भावना रहेको छ । सन २०१७ मा कम्पनीले सेल्फ ब्यालेन्सिङ मोटरसाइकल शोकेस गरेको थियो । सो बाइक बिना राइड सिधा खडा राख्न सकिन्छ । यस्तो टेक्नोलोजी भविष्यमा सम्भव हुने कम्पनीले आश्वासन दिएको छ ।

यसप्रकारको टेक्नोलोजी अल आउट ड्राइभिङ फिचरको लागि भन्दा पनि एक राइडको अनुभवको कमीलाई पुरा गर्नको लागि उपयोगी रहेको छ । एक टेलिप्याथिक स्टेयरिङ र थ्रोटल इनपुट मेसिन भन्दा शुरुवाती राइडर्सको लागि टे«निङ ह्वील बढी लाग्छ ।

माइन्ड रिडिङ मेसिन हाल चिकित्सा उद्देश्यको लागि उपयोग हुने गरेको छ । वैज्ञानिकहरु यसलाई कमर्सियल उपयोगको लागि विकसित गर्नमा व्यस्त लागेका छन् । यसको लागि केही समय लाग्नेछ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...