फेरि बजारमा आउँदै छन् कुनै समयमा लोकप्रिय यी ३ बाइक
धेरै कम्पनीहरुले कुनै समयमा चर्चित उत्पादन बन्द गर्ने गर्छन् । विश्व...
स्टाइलिश र शानदार माइलेज भएको हिरो एचएफ डिलक्स बाइकलाई ‘माइलेजको हिरो’ भनेर चिनिन्छ । यसमा ९७.२ सीसीको इन्जिन प्रयोग गरिएको छ ।
८००० आरपीएमा ८.२४ बीएचपीको पावर र ५००० आरपीएममा ८.०५ एनएम टर्क जेनेरेट गर्ने सो बाइकको इन्जिन सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन हो । सो बाइकलाई ४ स्पिड गियरबक्ससँग जोडिएको छ ।
हिरो एचएफ डिलक्स कम्पनीको सबैभन्दा बढी माइलेज दिने बाइक हो । सो बाइकले ७५ देखि ८० किलोमिटर प्रति लिटरको माइलेज दिने दाबी गरिएको छ ।
हिरो एचएफ डिलक्समा कम्पनीको लेटेस्ट आई३एस इन्जिन स्टार्ट/स्टप फिचर दिइएको छ । साथै सुरक्षित राइडिङका लागि साइड स्ट्यान्ड इन्जिन कटअफ स्विच पनि प्रदान गरिएको छ । सो बाइक एक्स सेन्स फ्युल इन्जेक्शन प्रविधिले सुसज्जित छ ।
सो बाइक ४ भेरिएन्टमा उपलब्ध छ । सबै भेरिएन्टको फ्रन्ट र रियरमा १३० एमएमको ड्रम ब्रेक जोडिएको छ । सुरक्षित ब्रेकिङका लागि यसमा कम्बी ब्रेक सिस्टम पनि समावेश गरिएको छ ।
हिरो एचएफ डिलक्सको लम्बाई १९६५ एमएम, चौडाई ७२० एमएम, उचाई १०४५ एमएम, ह्विलबेस १२३५ एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ ।
नेपाली बजारमा उपलब्ध हिरो एचएफ डिलक्स डीआरएक्स बाइकको मूल्य १ लाख ८३ हजार रुपैयाँ छ ।
धेरै कम्पनीहरुले कुनै समयमा चर्चित उत्पादन बन्द गर्ने गर्छन् । विश्व...
हिरो मोटोकर्पले भारतीय बजारमा नयाँ र अपडेटेड स्प्लेन्डर प्लस एक्सटेक लन्च...
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका हिरोका अधिकांश मोडलको मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...