माइलेज ७०, वारेन्टी १० वर्ष

भारतमा हालै सार्वजनिक गरिएको होन्डाको नयाँ मोटरसाइकल साइन १०० चर्चित बन्दै गएको छ । बजारमा प्रचलित हिरोको स्प्लेन्डरलाई टक्कर दिने अनुमानका साथ बजारमा उपलब्ध गराइएको सो मोटरसाइकलमा विभिन्न फिचर छन् ।

सबैभन्दा महत्वपूर्ण फिचरको रुपमा यसको माइलेजलाई लिइएको छ । यसको माइलेज ७० किलोमिटर प्रतिलिटर भएको कम्पनीको भनाइ छ ।

त्यसैगरी यसमा १० वर्षको वारेन्टी हुने कम्पनीको भनाइ छ । यस अनुसार ३ वर्ष स्ट्यान्डर्ड वारेन्टी र ७ वर्ष एक्सटेन्डेड वारेन्टी हुनेछ । एक्सटेन्डेड वारेन्टीका लागि ग्राहकले छुट्टै रकम तिर्नु पर्नेछ ।

यो नयाँ मोटरसाइकलमा होन्डाले ९९.७ सिसीको फ्यूल इन्जेक्टेड इन्जिन दिएको छ । जसको पावर ७.६१ एचपी र टर्क ८.०५ एनएम छ । ४ स्पिड गियरवक्स जडान गरिएको यो नयाँ वाइकमा होन्डाले ओविडी–टु र ई२० कम्प्लायन्ट नयाँ इन्जिन दिएको छ । जसका कारण यसलाई २० प्रतिशत इथानोल मिश्रण गरेर समेत चलाउन सकिन्छ ।

होन्डाले यो नयाँ वाइकका लागी भनेर डायमन्ड–टाइप फ्रेम विकास गरेको थियो । सोही फ्रेममा तयार भएको साइन १०० को अगाडी टेस्किपिक र पछाडी ट्विन शक एव्जर्वर पाउन सकिन्छ । यसको दुवै चक्कामा ड्रम व्रेक जडान गरिएको छ भन तौल १०० किलोग्राम भन्दा कम रहेको छ । यो नयाँ वाइकको ग्राउन्ड क्लिरियन्स १६८ एमएम रहेको छ ।

कम वजेटको सानो सिसी वाइक भएका कारण होन्डाले यसमा पर्याप्त फिचर भने दिएको छैन । साइन १०० मा हेलोजन हेडलाइट र एनालग इन्स्ट्रयूमेन्ट क्लस्टर पाउन सकिन्छ । साथै यसमा होन्डाको कम्वी व्रेकिङ सिस्टम, फ्यूल इन्जेक्सन र अटो–चोक सिस्टम उपलब्ध छ ।

साइन १०० नेपाली बजारमा समेत आउने आँकलन गरिएको छ । भारतमा यसको मूल्य ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यो मोटरसाइकलले हिरो एचएफ १०० तथा स्प्लेन्डर प्लस र बजाज प्लाटिनासंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

होन्डाको नयाँ मूल्य सूची : साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको बढ्यो मूल्य

होन्डाको नयाँ मूल्य सूची : साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको बढ्यो मूल्य

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

होन्डा साइन मोटरसाइकल र एक्टिभा तथा ग्राजिया स्कुटरको बढ्यो मूल्य, यस्तो छ सबैको मूल्य सूची

होन्डा साइन मोटरसाइकल र एक्टिभा तथा ग्राजिया स्कुटरको बढ्यो मूल्य, यस्तो छ सबैको मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डाका मोटरसाइकल र स्कुटर मध्ये ७...

बीएस६ इन्जिनयुक्त होन्डा एसपी १२५ को बिक्री शुरु

बीएस६ इन्जिनयुक्त होन्डा एसपी १२५ को बिक्री शुरु

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...