बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपालगन्ज – मध्य तथा सुदूर पश्चिम नेपालमा अटोमोबाइलका साधन तथा पाटपुर्जा बिक्री–वितरण गर्ने व्यवसायीहरुको साझा संस्था ‘मध्य तथा सुदूर पश्चिम अटोमोबाइल्स एसोसिएसन, नेपाल’ गठन गरिएको छ ।
अटोमोबाइलसँग सम्बन्ध राख्ने विभिन्न कम्पनी तथा व्यवसायीहरुको हकहित एवं व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ एसोसिएसन गठन भएको बताइएको छ ।
डम्बर शाहुको अध्यक्षतामा गठन भएको तदर्थ समितको उपाध्यक्ष नरेन्द्र बहादुर वली, सचिव प्रकाश अधिकारी, सह–सचिव जयानन्द भट्ट र कोषाध्यक्ष मो. अमान राजा सिद्धिकी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रेखा अधिकारी, प्रकाश पौडेल, सदन कुमारी चौधरी, भुपाल रावत, लक्ष्मी बुढा र शान्ता श्रेष्ठ चयन भएका छन् । एसोसिएसनको प्रधान कार्यालय नेपालगन्जमा रहेको छ ।
राज्यमा ढुवानी तथा सवारी साधनको समुचित विकास र विस्तारका लागि आवश्यक पर्ने ब्याट्री, टायर, लुब्रिकेन्ट्स तथा अटोमोबाइल साफ्टवेयर आदि सबै प्रकारका वस्तुको आयात एव उत्पादन सम्बन्धी व्यावसायिक विकास, दक्षता एवं राज्यप्रतिको दायित्वलाई आत्मासात गर्दै राष्ट्रिय अर्थतन्त्रमा यथोचित योगदान पु¥याउने प्रमुख उद्देश्य एसोसिएसनको रहेको छ।
मध्य पश्चिम र सुदूर पश्चिम नेपालको समेत अटोमोबाइलको हब भएको यस क्षेत्र अर्थात पूर्व भालुवाङ देखि घोराही, तुल्सिपुर, सुर्खेत, जुम्ला, धनगढी र महेन्द्रनगर लगायतका अटोमोबाइल व्यवसायीहरुको एकमुस्ट आवाज बन्न सक्ने संस्थाको विश्वास रहेको बताइएको छ ।
एसोसिएसनले विशुद्ध व्यावसायिक वातावरणको निर्माण गर्नुको साथै अटोमोबाइलसँग सम्बन्धित विभिन्न प्रकारका तालिम, गोष्ठि सेमिनार तथा अटो प्रदर्शनीको काम गर्ने छ। साथै सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसंग आवश्यक सहकार्य एंव समन्व्य गरी अटोमोबाइल मर्मत तथा सर्भिसबाट निस्कने फोहर(मैलाको उचित व्यवस्थापन र प्रबन्ध गर्ने कुरामा पनि एसोसिएसनले महत्वपूर्ण भूमिका निभाउने छ।
बिभिन्न अटोमोबाइल तथा अटो सर्भिस (वर्कसप) सेन्टरमा काम गर्ने र न्युन आय भएका मजुदर तथा हेल्परका लागि बिमा, सुरक्षा भत्ता लगायतका कार्यक्रमहरु केही दिनमै लागु गरिने बताएको छ ।
अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने बिभिन्न बैंक, बिमा कम्पनीहरु तथा यातायात व्यवस्था विभागसँग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष शाहुले बताए ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...