अब मिशलिन टायर विशेष छुट सहित दराजमा उपलब्ध हुने

काठमाडाैं । नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरु उपलब्ध गराएको छ ।

सिप्रदी अटोपार्ट्सले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो । मिशलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्ट्सले उपलब्ध गराएको छ ।

अब ग्राहकहरुले छिटो छरितो र सहज रुपमा मिशलिन सिराक स्ट्रीट टि.एल. (११०/९०–१८ ६१ पि) र मिशलिन सिटी प्रो टि.टी. (९०/९०–१९ ५२ पि) टायर खरिद गर्न सक्ने छन् । पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो । जसअनुसार, पहिले (रु.११,५९९) मूल्य पर्ने मिशलिन सिराक स्ट्रीट टि.एल (रु ९, ९९९) मा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन् ।

यस्तै, मिशलिन सिटी प्रो टि.टी (रु.७,६९९) मा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित (रु.५, ५५५) मा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ । यसबाट ग्राहकहरुलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्ने छ ।

आगामी दिनमा सिप्रदी अटोपार्ट्सले मिशलिनका अन्य टायरहरु पनि दराजमा उपलब्ध गराउने छ । जसले गर्दा ग्राहकवर्गहरुले सुपथ मूल्यमा मिशलिन टायर पाउन सक्ने छन् । सिप्रदी अटोपार्ट्सले यो विशेष छुटमा मिशलिन टायर दराजबाट खरिद गरी मौकाको फाइदा उठाउन आफ्ना ग्राहकहरुमा अनुरोध पनि गरेको छ ।

सम्बन्धित समाचारहरू

अटो पार्ट्स इन्टरनेसनल बन्यो योकोहामा टायरको वितरक

अटो पार्ट्स इन्टरनेसनल बन्यो योकोहामा टायरको वितरक

काठमाडौं – योकोहामा रबर कम्पनीद्वारा उत्पादित जापनिज टायर ‘योकोहामा’...

कोलकाताबाट लण्डन जाने क्रममा नेपाल आइपुगे ‘द रोडिसी’ का यात्रु, नेपालमा गरियो स्वागत

कोलकाताबाट लण्डन जाने क्रममा नेपाल आइपुगे ‘द रोडिसी’ का यात्रु, नेपालमा गरियो स्वागत

काठमाडौं – कुनै बेला कोलकाताबाट लण्डन सम्म जाने बस यात्राको सम्झनामा ९ जना...

नेपाली कम्पनी ग्रिन टायरको सन्देश : विदेशी टायर आयातलाई घटाउन सकिन्छ

नेपाली कम्पनी ग्रिन टायरको सन्देश : विदेशी टायर आयातलाई घटाउन सकिन्छ

नेपाली बजारमा हालै शेर्पा ब्रान्डको ट्रयाक्टर टायर सार्वजनिक भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...