सितापाइलामा खुल्यो जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन
काठमाडौं – जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा...
अबको केही वर्षमा गाडीको टायर पन्चरको समस्याबाट छुटकारा पाउन सकिने भएको छ । टायर निर्माता कम्पनी मिशेलिनले पन्चर प्रुफ टायर निर्माण गर्ने भएको छ । मिशेलिनले सेभ्रोलेको बोल्ट इलेक्ट्रिक कारको लागि पन्चर प्रुफ टायर बनाउँदैछ । कम्पनीले आगामी तीनदेखि पाँच वर्षभित्र आफ्नो उत्पादन मिशेलिन अप्टिसको व्यावसायिक उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ ।
मिशेलिन उत्तर अमेरिकाका अध्यक्ष एलेक्सिस गार्सिनले अमेरिकी च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा यो जानकारी दिएका हुन् । मिशेलिनले आफ्नो पन्चर प्रुफ टायर परीक्षणको लागि २०१९ मा नै चेवी बोल्ट प्रयोग गरिसकेको छ ।
२०२१ मा मिनी कुपर एसईले पनि मिशेलिन एयरलेस टायर प्रयोग गरेको थियो । मिशेलिनले सन् २०१९ मा आधिकारिक रूपमा वायुरहित टायर अप्टिस लन्च गरेको थियो । तर यसको निर्माण प्रक्रिया एक दशकभन्दा बढी भइसकेको छ । मिशेलिन अप्टिस बेल्ट र स्पोकबाट बनेको हुन्छ । गाडीको तौल बोक्न धेरै पातलो र बलियो फाइबर ग्लास प्रयोग गरेर बनाइएको हुन्छ ।
मिशेलिनले आफ्नो पन्चर प्रुफ टायर टेक्नोलोजीको लागि ५० पेटेन्ट पनि दायर गरेको छ । यो आविष्कार अरू कुनै कम्पनीले प्रयोग गर्न पाउँदैन । यो टायर कहिल्यै पनि पन्चर हुँदैन । जसका कारण गाडी चलाउँदा एक्कासी टायरमा पन्चर भएर हावाको चाप घट्ने खतरा रहँदैन ।
विश्वभर हरेक वर्ष करिब २० करोड टायर समयभन्दा पहिले पन्चर हुने गरेको छ । सो टायरको प्रयोगले हरेक वर्ष हुने टायर पन्चरको झन्झटबाट मुक्त हुनेछ । यसले टायर निर्माण र खराब टायरको डिस्पोजलमा संलग्न ऊर्जा र पैसा बचत गर्नेछ ।
काठमाडौं – जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा...
भारतका तीन ठूला टायर उत्पादक सिएट, जेके र अपोलोले केही दिनको अन्तरालमै...
काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित समुह श्री अम्बा ग्रुपले कलंकी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...