जेके टायर किन्दा फ्रि रेनकोट
काठमाडौं – जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...
फ्रेन्च टायर तथा मोबिलिटी कम्पनी मिशेलिन ग्रुप टायर उत्पादन प्रक्रियामा कम कार्बन उत्सर्जन गराउने प्रविधिको प्रयोग गरी नयाँ हरित युगमा प्रवेश गर्ने भएको छ । यससँगै चीनमा नयाँ पोलिमर प्रोडक्ट उपलब्ध गराउने एक जना सिनियर एक्जिक्युटिभले बताएका छन् ।
मिशेलिनका सीईओ तथा प्रेसिडेन्ट म्याथ्यु येले चीनमा यस अनुसार करिव एक तिहाई कारखानामा सोलार पावर प्रयोग भइरहेको बताए । कम्पनीले सांघाई र सेन्याङमा रहेको कारखानामा प्यासेन्जर टायर उत्पादन बढाउने समेत बताएको छ ।
यो महिनाको प्रारम्भमा सम्पन्न सातौ चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोमा बोल्दै उनले चाइनिज अटोमेकर र कम्पनीहरुले नयाँ प्रविधिमा गरिरहेको चासो र ईभी तथा नयाँ सामग्रीको प्रयोगका लागि समेत धन्यवाद दिए ।
चीनमा मिशेलिन प्रवेश गरेको ३५ वर्ष भयो र यो वर्ष ३० प्रतिशत बजार प्रवेश गर्ने लक्ष्य लिएकोमा कुनै महिनामा भने ५० प्रतिशत भन्दा बढी भएको कम्पनीको दावी छ । चीनमा करिव ७ सय कार टायर प्रोडक्ट छन् ।
विश्वभर १३१ प्रोडक्सन फ्यासिलिटी र १ लाख ३२ हजार कर्मचारी रहेको मिशेलिनले सन् २०२३ मा ३० अर्ब डलर भन्दा बढी आम्दानी गरेको कम्पनीको रिपोर्टमा उल्लेख गरिएको छ ।
काठमाडौं – जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...
काठमाडौं–सिएट टायरको नेपालका लागि आधिकारिक वितरक एसटिसी अटो प्रालिले...
काठमाडौं – भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...