घाँटीमा ट्र्याक्टरको टायर अड्किएको हात्तीको उद्धार
भारतको आसामस्थित गोलाघाट जिल्लामा घाँटीमा ठूलो ट्र्याक्टरको टायर...
काठमाडौं–विश्वप्रसिद्ध टायर निर्माता कम्पनी मिसिलिनले भारतीय बजारलाई लक्षित गर्दै नयाँ ‘प्राइमसी ५’ प्यासेन्जर कार टायर सिरिज सार्वजनिक गरेको छ ।
१६ देखि २२ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध यो टायरको सुरुवाती मूल्य १० हजार भारु तोकिएको छ । यो मिसिलिनले भारतमै पहिलोपटक स्थानीय रूपमा उत्पादन गरेको प्यासेन्जर कार टायर हो, जसलाई एसयूभी तथा सेडान गाडीका साथै परम्परागत इन्धनबाट चल्ने र विद्युतीय सवारी साधन दुवैका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।
विशेष गरी भारतीय सडकको अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस टायरमा मिसिलिनका चर्चित ‘एभरग्रिप’ र ‘एभरट्रेड’ प्रविधिहरूको प्रयोग गरिएको छ । कम्पनीका अनुसार अन्य ब्रान्डका टायरको तुलनामा यसले सुक्खा सडकमा ४ मिटर र भिजेको सडकमा ८ मिटरसम्म छिटो गाडी रोक्न सक्ने क्षमता राख्छ । साथै, पुराना वा खिइएको अवस्थामा पनि यसले पानीले भिजेको सडकमा ९ मिटर अगावै गाडी रोक्न मद्दत पु-याउँने दाबी गरिएको छ ।
यसका साथै नयाँ प्राइमसी ५ ले सवारी यात्राको आरामदायी अनुभवमा ९ प्रतिशतसम्म सुधार ल्याउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार, ईभीमा प्रयोग गर्दा यस टायरले अघिल्लो मोडल प्राइमसी ४ एसटीको तुलनामा ६.५ प्रतिशत ऊर्जा दक्षता बढाउँन मद्धत गर्दछ । जसका कारण विद्युतीय गाडीहरूको समग्र ड्राइभिङ रेन्जमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...