१० हजार किमीसम्मको लाइफ भएको अनौठो पारदर्शी टायर

अटोमोबाइल इन्डस्ट्रिजको साथै टायर इन्डस्ट्रिजमा पनि क्रान्तिकारी परिवर्तन भइरहेको छ । टायरको माध्यमले कारको माइलेज बढाउने पनि निरन्तर प्रयास भइरहेको छ । टायर निर्माता कम्पनी मिशलिन र अमेरिकी कार निर्माता जनरल मोटर्सले हावा बिनाको पंक्चर प्रुफ टायर निर्माण गरेका छन् । सो टायर अर्काे वर्षसम्ममा लन्च हुने अनुमान गरिएको छ ।

सो एयरलेस टायर रेजिन एम्बेडेड फाइबर ग्लास र आल्मुनियम ह्विलबाट बनाइएको हो । सो टायर सामान्य टायर भन्दा सस्तो हुनुका साथै लामो समयसम्म टिकाउ पनि छ । सो टायरको नाम अप्टिस राखिएको छ । अप्टिस टायर हेभी लोडर्स मेसिनमा पनि परिक्षण भइसकेको छ ।

कम्पनीले अर्काे वर्ष २९ इन्च र २७.५ इन्चको एमटीबी साइजको टायर पनि लन्च गर्ने भएको छ । सो टायरको लाइफ १० हजार किमीसम्मको हुनेछ । यसमा हावा भर्न आवश्यक पनि छैन ।

सो टायरको अर्को महत्वपूर्ण विशेषता के छ भने यो टायरबाट अर्कोतिर पनि देख्न सकिन्छ । यसमा यस्तो टेक्नोलोजीको प्रयोग गरिएको छ जुन हेभी लोडर्स मेसिनमा पनि प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

स्पेयर टायरलाई किन भनिन्छ स्टेपनी ?

स्पेयर टायरलाई किन भनिन्छ स्टेपनी ?

स्टेपनी नाम सबैले कुनै न कुनै बेला सुनेकै होला । कारको टायर पञ्चर हुँदा...

सावधान ! कारको स्टेयरिङ कम्पन भइरहेको छ भने निम्त्याउन सक्छ ठूलो क्षति

सावधान ! कारको स्टेयरिङ कम्पन भइरहेको छ भने निम्त्याउन सक्छ ठूलो क्षति

दैनिक यात्रा गर्ने धेरै मानिसको प्रमुख सवारीसाधन कार हो। तर कहिलेकाहीँ...

श्री अम्बा ग्रुप अब टायर व्यवसायमा पनि, कलंकी ढुंगेअड्डामा खोल्यो ‘मल्टि ब्रान्ड’ शोरुम

श्री अम्बा ग्रुप अब टायर व्यवसायमा पनि, कलंकी ढुंगेअड्डामा खोल्यो ‘मल्टि ब्रान्ड’ शोरुम

काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित समुह श्री अम्बा ग्रुपले कलंकी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...