एमजी४ ईभीलाई २०२४ को उत्कृष्ट कार उपाधि
काठमाडौं– नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल...
एमजी मोटर्सले भारतीय बजारमा नयाँ एसयूभी लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले जेडएस एसयूभी पेट्रोल भर्सनमा परीक्षण गरिरहेको छ । यो भन्दा पहिला यसको इलेक्ट्रिक भर्सन लन्च गरिसकेको छ । पेट्रोल भर्सन यही वर्षको मध्यमा लन्च गर्ने सम्भावना रहेको छ । सो नयाँ मोडलको नाम एमजी एस्टोर नाम दिने अनुमान गरिएको छ ।
सो कार यो सेगमेन्टमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमको साथमा आउने पहिलो मोडल हुनेछ । कम्पनीले हाल सो कारको इमर्जेन्सी ब्रेकको परीक्षण गरिरहेको छ । कारमा एडेप्टिभ क्रुज कन्ट्रोल पनि समावेश गरिने छ ।
कम्पनीले गत फेब्रुअरीमा जेडएस इलेक्ट्रिक लन्च गरेको थियो । मेकानिकल्ली यसमा केही परिवर्तन गरिएको छैन । सो एसयूभीमा पावर दिनको लागि ४४.५ केडब्ल्युएच हाइटेक आईपी६ सर्टिफाइड ब्याट्री जडान गरिएको छ । सो मोटरले १४१ बीएचपीको अधिकतम पावर र ३५३ एनएमको टर्क जेनेरेट गर्छ । सो इलेक्ट्रिक कारले फुल चार्जमा ४१९ किलोमिटरको रेन्ज दिन्छ ।
कम्पनीका अनुसार सो मोटरलाई स्ट्यान्डर्ड एसी चार्जरको मदतले ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ । जबकि ५०केडब्ल्यु डीसी फास्ट चार्जरको मदतले सो एसयूभी ५० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भारतमा सो कारको हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं– नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल...
भारतमा एमजी ईभी खरिद गर्ने ग्राहकले ‘बाइब्याक ग्यारेन्टि’ पाउने भएका छन्...
काठमाडौं–एमजी तथा आइएम मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...