एमजी जेडएस ईभीको नयाँ मूल्य सार्वजनिक : कर धेरै बढ्दा पनि मूल्यमा ५० हजार मात्र वृद्धि

काठमाडौं – नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले जेडएस ईभीको नयाँ मूल्य सार्वजनिक गरेको छ । नयाँ मूल्य सूची अनुसार यसको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

पहिले यसको मूल्य ५२ लाख ४९ हजार भएकोमा ५० हजार मूल्य बढाएर ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको हो । यद्यपि यो भन्दा धेरै मूल्य बढ्ने अनुमान गरिएको थियो ।

एमजी जेडएस ईभी नेपाली बजारमा दुई भेरिएन्ट कम्फर्ट र डिलक्समा उपलब्ध थियो । ती मध्ये कम्फर्टको मूल्य ४८ लाख ४९ हजार र डिलक्सको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो । पारामाउन्ट मोटर्सले हाल डिलक्स भेरिएन्टको अपडेट मूल्य सार्वजनिक गरेको हो ।

एमजी जेडएस ईभीमा ९९ किलोवाटको मोटर छ । सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत पु¥याउनुका साथै यो सेग्मेन्टमा १० प्रतिशत अन्तःशुल्क थपिएको छ।

यसले गर्दा यो वर्षको लागि सरकारले ५० देखि १०० किलोवाट सेग्मेन्टको गाडीमा कुल १५ प्रतिशत कर बढेको हो। यसमा सबै कार्गोदेखि अन्य सबै जोड्दा बढेको कर १८ प्रतिशतसम्म पुग्ने व्यवसायीहरुको भनाइ छ। तर एमजी जेडएस ईभीको मूल्य अनुमान गरिए भन्दा निकै नै कम बढेको छ ।

एमजी जेडएस ईभीले हाल नेपाली बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । अब यसको अपडेट मूल्यले समेत बजारमा चर्चा पाउने सम्भावना छ ।

यस्तो छ जेडएस ईभी
एमजीको ग्लोबल डिजाइनमा आधारित जेडएस ईभीमा जडान गरिएको ब्याट्रीलाई आधा घण्टामै ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसको ब्याट्रीले सिंगल चार्जमै ३२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । सो एसयूभीको ब्याट्री वारेन्टी भने ८ वर्षको रहेको छ ।

सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनका लागि डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम आदि उपलब्ध छ । यसको डिलक्स भेरिएन्टमा दिइएको पानारोमिक सनरुफ, हिटेड फ्रन्ट सिट, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, थ्रीडी साउन्ड सिस्टम र रुफरेल लगायत फिचर कम्फर्ट भेरिएन्टमा भने पाउन सकिँदैन ।

यसमा ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री र स्टार्ट, ड्राइभरको लागि सिक्सवे र फ्रन्ट प्यासेन्जरको लागि फोरवे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा आईसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू), ६०/४० फोल्डिङ रियर सिट, पावर–फोल्डिङ जस्ता फिचरहरु पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ डिजाइन र फिचरसहित २०२६ एमजी हेक्टर फेसलिफ्टको पहिलो झलक सार्वजनिक

नयाँ डिजाइन र फिचरसहित २०२६ एमजी हेक्टर फेसलिफ्टको पहिलो झलक सार्वजनिक

एमजी मोटर इन्डियाले २०२६ एमजी हेक्टर फेसलिफ्टको पहिलो टिजर सार्वजनिक...

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीको नयाँ इलेक्ट्रिक कारले २४ घण्टामै पायाे ८ हजार बुकिङ

जेएसडब्ल्यू एमजीले हालै लन्च गरेको नयाँ इलेक्ट्रिक कार विन्डसर प्रोले...

एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स

एमजी एस्टरलाई नेपाल ल्याउँदै पारामाउन्ट मोटर्स, यस्ता छन् फिचर, पावर र पर्फमेन्स

आयात प्रतिवन्धका कारण नेपाल आउन रोकिएको एमजी एस्टर अव छिट्टै आउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...