चर्चामा ९९ किलोवाटको एमजी जेडएस ईभी, कस्तो रहला नेपाली बजार

इलेक्ट्रिक एसयूभी पारखीको रोजाइमा पर्न सफल एमजी जेडएस ईभी ९९ किलोवाट मोटरमा आएको छ । यसअघि १३० किलोवाट क्षमताको मोटर जडित यो एसयूभीमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत व्यापक मात्राले कर वृद्धि गरेपछि मूल्य महंगो भएको थियो । मूल्य बढेकै कारण आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले लामो सयमदेखि यसलाई नेपाल ल्याउन सकिरहेको थिएन । १०० किलोवाट भन्दा कम मोटर क्षमतामा आएपछि यसको मूल्य समेत निकै प्रतिस्पर्धी बनेर आएको छ । यो एसयूभीको सुरुवाती मूल्य ४८ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले बुकिङ लिन शुरुवात गरेको छ ।

ईभी बजारमा निकै नै राम्रो प्रभाव पार्न सफल नयाँ जेडएस ईभीलाई कम्पनीले गत वर्षको फागुन महिनामा बुकिङ खुल्ला गरेको थियो । बुकिङ खुल्ला भएको केही दिन भित्रै ५ सय भन्दा बढी ग्राहकले बुक गरेको यो ईभीलाई हात पार्न नपाएपछि उनीहरु निकै निराश बनेका थिए । सो समय ५१ किलोवाट आवरको ब्याट्री जडित यो ईभीलाई कम्पनीले ५१ लाख ९९ हजार मूल्य तोकेर बुकिङ लिएको थियो । साथै यसको ७२.६ किलोवाट आवरको ब्याट्री जडित लङ रेन्ज भेरिएन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । त्यो भन्दा अघि जेडएस ईभी ४४.५ किलोवाट आवर क्षमताको ब्याट्रीमा उपलब्ध थियो भने यसको मूल्य ५० लाख ९९ हजार कायम गरिएको थियो ।

पारामाउन्ट मोटर्सले अहिले ल्याएको ९९ किलोवाट मोटरमा पनि ५१ किलोवाट आवरकै सीएटीएल ब्याट्री जडान गरिएको छ । यो ईभी कम्फर्ट र डिलक्स गरी कुल दुई भेरिएन्टमा उपलब्ध छ । जसमध्ये कम्फर्टको मूल्य ४८ लाख ४९ हजार र डिलक्सको ५२ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको हो । ९९ किलोवाट मोटरमा यो मूल्य निकै नै आकर्षक र प्रतिस्पर्धी रहेको भन्दै अहिले ईभी पारखीमाझ यसले चर्चा बटुलिरहेको छ ।

१०० किलोवाट मोटरमा हाल टाटा नेक्सन, बीवाईडी एट्टो ३ र हुन्डाई कोनाले बजारमा निकै राम्रो व्यापार गरिरहेका छन् । सो सन्दर्भमा नेपाल आएको जेडएस ईभीले ईभी पारखीलाई सजिलै आकर्षित गर्ने देखिन्छ । यो कारको मूूल्य नेक्सनभन्दा केही महंगो भएपनि एट्टो ३ र कोनाको तुलनामा निकै कम पर्ने कारण पनि नेपाली ईभी बजारमा यसले एमजीको बजार हिस्सालाई बढाउने सजिलै अनुमान गर्न सकिन्छ । अर्कोतर्फ यो सेग्मेन्टमा ५० लाख भन्दा कम मूल्यमा बिक्री हुँदै आएको एकमात्र ईभी टाटा नेक्सनलाई यसले कडा टक्कर दिने आँकलन गरिएको छ । नेक्सनको तुलनामा यसमा जडान गरिएको ब्याट्री केही ठूलो भएको कारण रेन्ज समेत बढी दिन्छ भने फिचरको मामिलामा समेत जेडएस ईभी निकै अगाडि रहेको छ ।

यस्तो छ जेडएस ईभी
एमजीको ग्लोबल डिजाइनमा आधारित जेडएस ईभीमा जडान गरिएको ब्याट्रीलाई आधा घण्टामै ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसको ब्याट्रीले सिंगल चार्जमै ३२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । सो एसयूभीको ब्याट्री वारेन्टी भने ८ वर्षको रहेको छ ।

सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनका लागि डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेनमेन्ट सिस्टम आदि उपलब्ध छ । यसको डिलक्स भेरिएन्टमा दिइएको पानारोमिक सनरुफ, हिटेड फ्रन्ट सिट, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, थ्रीडी साउन्ड सिस्टम र रुफरेल लगायत फिचर कम्फर्ट भेरिएन्टमा भने पाउन सकिँदैन ।

यसमा ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, किलेस इन्ट्री र स्टार्ट, ड्राइभरको लागि सिक्सवे र फ्रन्ट प्यासेन्जरको लागि फोरवे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा आईसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सिटहरू), ६०/४० फोल्डिङ रियर सिट, पावर–फोल्डिङ जस्ता फिचरहरु पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

जीओ अटोमोबाइल्सद्वारा थप विशेषता सहित नयाँ एमजी हेक्टर एसयूभी नेपालमा सार्वजनिक

जीओ अटोमोबाइल्सद्वारा थप विशेषता सहित नयाँ एमजी हेक्टर एसयूभी नेपालमा सार्वजनिक

काठमाडौं – नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाका सवारीसाधनको...

एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी

एमजी मोटरले ल्याउँदैछ कोमेटमा आधारित नयाँ इलेक्ट्रिक कार एक्सेलर ईभी

एमजी मोटरले नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले गत...

टाटा नेक्सन ईभी म्याक्स र एमजी जेडएस ईभी : यस्ता छन् फिचर

टाटा नेक्सन ईभी म्याक्स र एमजी जेडएस ईभी : यस्ता छन् फिचर

केही समय अगाडि बीवाईडीको एट्टो ३ लाई काउन्टर गर्दै ९९ किलोवाटको मोरिस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...