एमजी जेडएस ईभीको मूल्य अब ५० लाख ९९ हजार, पहिले भन्दा ९ लाख रुपैयाँ कम

काठमाडौं – नेपाली बजारमा एमजी ब्रान्डका गाडी बिक्री–वितरण गरिरहेको पारामाउन्ट मोटर्सले इलेक्ट्रिक गाडी एमजी जेडएसको नयाँ मूल्य सार्वजनिक गरेको छ । नयाँ मूल्य सूची अनुसार एमजी ईजेडएसको मूल्य ५० लाख ९९ हजार रुपैयाँ हुनेछ ।

गत वर्षको बजेट सार्वजनिक भए पश्चात यो गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो । यो भन्दा पहिले यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ थियो । सरकारले एकै पटक धेरै कर बढाएका कारण इलेक्ट्रिक गाडीप्रति नेपालीहरुको मोहभंग हुन पुगेको थियो ।

केही दिन पहिले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अन्तःशुल्कमा पुरै छुट र भन्सार दरमा व्यापक कतौती गरिए पश्चात अटोमोबाइल कम्पनीहरुले धमाधम नयाँ मूल्य सूची सार्वजनिक गर्न थालेका हुन् ।

पहिले १५० वाट सम्मको मोटर भएको इलेक्ट्रिक कारमा १० प्रतिशत भन्सार शुल्क भएकोमा हाल १५ प्रतिशत तोकिएको छ । यसले गर्दा गत वर्ष सार्वजनिक गरिएको बजेट भन्दा थप १ लाख रुपैयाँ महंगो पर्न गएको कम्पनीको भनाइ छ ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयोन ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस ईभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।

पारामाउन्ट मोटर्सका अनुसार अब २०२१ मोडलका एमजी ईजेडएस गाडी बिक्रीका लागि उपलब्ध हुने छन् । आज देखि बुकिङ गर्ने ग्राहकलाई नयाँ मूल्य अनुसारको गाडी उपलब्ध गराइने छ ।

सम्बन्धित समाचारहरू

८ लाख भारुमा लन्च भयो एमजी कोमेट ईभी

८ लाख भारुमा लन्च भयो एमजी कोमेट ईभी

एमजीले भारतका लागि नयाँ इलेक्ट्रिक कार कोमेट ईभी लन्च गरेको छ । यसको मूल्य...

एमजीले ३ मिटर भन्दा सानो इलेक्ट्रिक कार लन्च गर्दै

एमजीले ३ मिटर भन्दा सानो इलेक्ट्रिक कार लन्च गर्दै

एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...

तयार हुँदै अब एमजी साइबर एक्स, चर्चामा पप–अप हेडलाइट, ओप्पोको ककपिट र कनेक्टिभिटी

तयार हुँदै अब एमजी साइबर एक्स, चर्चामा पप–अप हेडलाइट, ओप्पोको ककपिट र कनेक्टिभिटी

एमजीले आफ्नो फ्ल्यागशिप मोडल साइबरस्टर पछि साइवर सिरिजमा अर्को नयाँ मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...