भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम
बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...
एमजी मोटर इन्डियाले विन्डसर ईभीको ५० हजार युनिट बिक्री गरेको घोषणा गरेको छ। अक्टोबर २०२४ मा यसको उत्पादन सुरु भएको थियो, र केवल ४०० दिनमै यो संख्या पार गर्दै विन्डसर भारतको इतिहासमै सबैभन्दा छिटो बिक्री हुने चार पाङ्ग्रे ईभी बनेको हो ।
नोभेम्बर २०२४ देखि अक्टोबर २०२५ सम्म विन्डसरले ४५ हजार ६५३ युनिट बिक्री गरेको कम्पनीले जनाएको छ। बाँकी करिब ४ हजार ३०० युनिट नोभेम्बर २०२५ को पहिलो १९ दिनमै बिक्री भएको हो । औसतमा विन्डसरले महिनामा ३ हजार ८०० भन्दा धेरै युनिट बिक्री गरेको छ भने पछिल्ला केही महिनामा ४ हजारको आँकडा पार गरिरहेको छ । यसको माग मेट्रो शहरमा मात्र सीमित नभई टियर–२ र टियर–३ बजारमा पनि तीव्र गतिमा बढिरहेको छ ।
एमजी विन्डसरको इन्स्पायर, एक्साइट, एक्स्क्लुजिभ, एसन्स, एक्स्क्लुजिभ प्रो र टप मोडल एसन्स प्रो जस्ता भेरिएन्टहरू उपलब्ध छ ।यसको ३८ किलोवाट ब्याट्री प्याक मोडलले ३३२ किलोमिटरको रेन्ज र ५२.९ किलोवाट ब्याट्री प्याक मोडलले ४४९ किलोमिटरको रेन्ज प्रदान गर्छ । यसको मूल्य १२ लाख ६५ हजारदेखि १८ लाख ३९ हजार भारुसम्म रहेको छ ।
सो एसयूभीमा १५.६ इन्चको ग्रान्डभ्यु टचस्क्रिन, लेभल–२ एडास, १३५ डिग्रीसम्म झुक्ने एरो लाउन्ज सिटजस्ता प्रिमियम फिचर र इन्टेलिजेन्ट सीयूभीको रूपमा प्रस्तुत गरिएको इनोभेटिभ डिजाइन समावेश गरिएको छ ।
बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...
नेपालमा बनेको इलेक्ट्रिक गाडीको चर्चा गर्दा धेरैले पूर्व प्रधानमन्त्री...
विएमडब्लूले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ सोकेश गरेको छ । एस १००० आर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...