भारतमा चर्चित बनेको एमजी विन्डसर ईभी अब नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात एमजीको नयाँ ईभी विन्डसर नेपाली बजारमा उपलब्ध भएको छ । एक कार्यक्रमका बिच नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर ईभी लन्च गरेको छ ।

एमजी विन्डसरमा ३८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको स्टेबल म्याग्नेटिक सिंक्रोनस मोटर जडान गरिएको छ । सो मोटरले अधिकतम १३६ पीएस पावर र २०० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । फुल चार्जमा यसले ३३२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । सो कारमा इको, इको प्लस, नर्मल र स्पोर्ट गरी चार ड्राइभिङ मोड रहेको छ ।

एमजी विन्डसरमा एलईडी लाइट, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, एरो–लाउन्ज सिट, फ्रन्ट भेन्टिलेटेड सिट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पीएम २.५ फिल्टर, पावर्ड टेलगेट र प्यानोरामिक सनरुफ जस्ता फिचर रहेको छ । कारमा कनेक्टिभिटीको लागि डिजिटल ब्लुटुथ पनि रहेको छ ।

एमजी विन्डसर ईभीमा भएको १५.६ इनचको टचस्क्रिन, ६०४ लिटरको बुट स्पेस, १३५ डिग्रीको एयरो लाउन्ज सिट, वायरलेस चार्जिङ र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका फिचरले धेरैलाई लोभ्याउने अनुमान गर्न सकिन्छ ।

नेपाली बजारमा दुई भेरिएन्टको एमजी विन्डसर ईभी बिक्रीका लागि उपलब्ध भएको छ । यसकाे मूल्य ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

भारतमा बुकिङ खुलेकाे २४ घण्टामै १५ हजार बुकिङ भएकाे, सबैभन्दा छिटाे ३० हजार युनिट बिक्री भएको र ७ महिना सम्म लगातार सबैभन्दा धेरै बिक्री हुने ईभीकाे रेकर्ड एमजी विन्डसरले कायम गरेकोे छ । अब नेपालमा यसकाे बजार कस्तो हुन्छ भन्ने प्रतीक्षा छ ।

सम्बन्धित समाचारहरू

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

शनिबार र आइतबार केई गाडी टेष्ट ड्राइभ गर्दा आकर्षक उपहार पाइने

काठमाडौं – नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी...

फोटोन मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक भ्यान ल्याउँदै

फोटोन मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक भ्यान ल्याउँदै

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

गियरसहितको पहिलो ई–बाइक म्याटर एरा, सिंगल चार्जमा १२५ किमी चल्ने

गियरसहितको पहिलो ई–बाइक म्याटर एरा, सिंगल चार्जमा १२५ किमी चल्ने

ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...