अब जेडएस ईभी लङ रेन्जको मूल्य १० लाख कम
काठमाडौं – नेपाली बजारमा एमजी मोटर्सका इलेक्ट्रिक सवारी साधन...
वुलिङ एयर इलेक्ट्रिक कार आधिकारिक रूपमा इन्डोनेसियाली बजारमा यो महिना लन्च गरिएको छ । यो नयाँ माइक्रो कार होंगगुआंग मिनी ईभीमा आधारित छ । यो सानो इलेक्ट्रिक कार निकट भविष्यमा सिस्टर ब्रान्ड एमजी मार्फत भारतीय बजारमा लन्च गर्ने सम्भावना रहेको छ । नेपालमा पनि यो आउन सक्छ ।
वुलिङ एयर इलेक्ट्रिक कार सानो कार हो, जसको लम्बाई २९७४ एमएम, चौडाई १५०५ एमएम, उचाई १६३१ एमएम र ह्विलबेस २०१० एमएम छ । यो कार ३ वटा ढोका भएको ह्याचब्याकको रूपमा उपलब्ध छ, जसमा ४ जना बस्न सकिन्छ ।
भारतमा लन्च गर्नु अघि एमजी वुलिङ एयर ईभीमा केही परिवर्तन हुने सम्भावना छ । यसमा एसी र ब्याट्री थर्मल म्यानेजमेन्ट सिस्टम थप शक्तिशाली हुनेछ । अन्य फिचरमा पनि केही परिवर्तन देख्न सकिनेछ ।
एमजीको आगामी ईभीमा २० केडब्ल्युएच देखि २५ केडब्ल्युएचको ब्याट्री क्षमता हुने अपेक्षा गरिएको छ, जसले लगभग १५० किमी देखि २०० किमीको ड्राइभिङ रेन्ज प्रदान गर्नेछ । सानो ह्याचब्याक ४० पीएसको पिक पावरको साथ रियर एक्सलमा सिंगल इलेक्ट्रिक मोटरद्वारा संचालित हुनेछ ।
भारतीय बजारमा लन्चिङ पछि सो ईभीको मूल्य १० लाख भन्दा थोरै महँगो हुने अनुमान गरिएको छ । एमजीले यो आगामी इलेक्ट्रिक ह्याचब्याक २०२३ अटो एक्सपोमा प्रदर्शन गर्नेछ र यसको लन्च सोही वर्षमा हुनेछ ।
काठमाडौं – नेपाली बजारमा एमजी मोटर्सका इलेक्ट्रिक सवारी साधन...
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आयोजना हुन लागेको छ। यसमा १०० भन्दा बढी...
एमजी मोटर इन्डियाले कम्पनीले पेश गरेको मोडल अनुभव गर्नका लागि एआर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...