संसद सचिवालयमा बीवाईडीका इलेक्ट्रिक कार, चाइना एडले दियो सहयोग
काठमाडौं – चाइना एडले संसद सचिवालयलाई बीवाईडीका विद्युतीय कार उपलब्ध...
काठमाडौं - एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो, ललितपुरमा नयाँ अधिकृत डिलरशिपको उद्घाटन गरेको छ। एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको यो अत्याधुनिक सुविधा ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको विक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरशिपका रूपमा नियुक्त गरिएको छ । प्यारामाउन्ट मोटर्स प्रालिका निर्देशक निकुञ्ज अग्रवालको आतिथ्यतामा भएको औपचारिक उद्घाटनले ललितपुरमा एमजीको उपस्थिति विस्तारको ऐतिहासिक क्षणको संकेत गरेको छ ।
आजदेखि ग्राहकहरूले नयाँ सुविधा सम्पन्न शोरुममा गएर एमजीका प्रिमियम गाडीहरूको अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन् । यो डिलरशिपले ललितपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई सहज र व्यक्तिगत अनुभवसहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।
उद्घाटन कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै अग्रवालले भने, ‘यो नयाँ डिलरशिप केवल एउटा शोरूम मात्र नभएर यो पूर्ण रुपमा एमजी अनुभवको प्रवेशद्वार हो । विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहित हामी ललितपुरका ग्राहकहरूलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौं ।’
प्यारामाउन्ट मोटर्स प्रालि नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक हो । जसले प्रिमियम विद्युतीय तथा इन्धन सञ्चालित गाडीहरूको विस्तारित श्रेणी उपलब्ध गराउँछ ।
काठमाडौं – चाइना एडले संसद सचिवालयलाई बीवाईडीका विद्युतीय कार उपलब्ध...
नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ...
काठमाडौं – वैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...