वुलिङ बिंगो ईभी किन्नेलाई नबिल बैंकले कर्जा दिने, यस्तो छ व्यवस्था
काठमाडौं – विद्युतीय गाडी वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले ललितपुरको कुसुन्तीमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको सुरुवात गरेको छ।
नेपाली ग्राहकको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न सो सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ। सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
३२ हजार ८५६ वर्ग फिट अर्थात ६ रोपनी क्षेत्रमा फैलिएको सो सर्भिस सेन्टरमा विभिन्न सुविधाहरू रहेका छन्। यस सर्भिस सेन्टरमा थुप्रै सर्भिस एरिया, फराकिला वेटिङ लाउन्ज, कस्टमर सर्भिस डेस्क, सुसज्जित मेन्टिनेन्स र रिपेयर सेक्सन, पर्याप्त स्टोरेज स्पेस, प्रशासनिक अफिस र अन्य विभिन्न सुविधा उपलब्ध छन्।
सो नयाँ सर्भिस सेन्टरमा आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिमा प्रशिक्षित उच्च दक्ष प्राविधिकको टोली रहेको कम्पनीले जनाएको छ।
एमजीका गाडीलाई उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकता प्रदान गर्न र ग्राहकलाई व्यापक, सहज तथा प्रभावकारी आफ्टर सेल्स सेवा प्रदान गर्न सो सर्भिस सेन्टरको डिजाइन गरिएको कम्पनीले जनाएको छ।
नयाँ सर्भिस सेन्टरको उद्घाटनका अवसरमा बोल्दै प्यारामाउन्ट मोटर्सका सीईओ सचिन अर्यालले भने ‘हाम्रा ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धता अन्तर्गत कुसुन्तीमा यस अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गर्न पाउँदा हामी हर्षित छौं। यस सर्भिस सेन्टरले ग्राहकलाई विश्व स्तरीय अनुभव प्रदान गर्दै सावधानीपूर्वक र विशेषज्ञताका साथ एमजी गाडी सर्भिस गरिनेमा विश्वस्त हुन सकिन्छ।’
सर्भिस सेन्टरमा ११ बे, हाई ईभी डायग्नोसिस टुल, एक पटकमा ३ कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेयर, फ्लुकद्वारा निर्मित आइसोलेटेड टेस्टिङ टुललगायत एउटा डिसी चार्जर र एउटा एसी चार्जर रहेको उनले बताए।
काठमाडौं – विद्युतीय गाडी वुलिङको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट...
नेपाली बजारमा नयाँ ईभी ह्याचब्याक दशै लगत्तै सार्वजनिक हुने भएको छ ।...
भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...