गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने
चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरले गिली र भल्वोको सहायक कम्पनी...
काठमाडौं – नेपालका लागि मोरिस ग्यारेज अर्थात एमजी मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नयाँ एमजी एस६ ट्रफी लङ रेन्ज सार्वजनिक गरेको छ । उत्कृष्ट परफर्मेन्स, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजन रहेको यो प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको हो ।
सार्वजनिक कार्यक्रम एमजी एसएमआईएलका प्रतिनिधि मोहम्मद कासिम जाहुरको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
अत्याधुनिक ईभी प्रविधिमा आधारित तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको एमजी एस६ ले शक्तिशाली एक्सेलेरेसन, प्रिमियम कम्फर्ट तथा स्मार्ट कनेक्टिभिटी फिचरहरू प्रदान गर्दै नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको बताइएको छ ।
उच्च क्षमताको १८० किलोवाट मोटर तथा ७७ किलोवाट आवर ब्याट्री प्याकले सुसज्जित एमजी एस६ ईभी ट्रफी लङ रेन्जले डब्लुएलटीपी मापदण्डअनुसार ५३० किलोमिटरको रेन्ज प्रदान गर्छ, जसले दैनिक यात्रा तथा लामो दूरीका यात्रामा उच्च आत्मविश्वास प्रदान गर्छ ।

नेपालको विविध सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएम ग्राउण्ड क्लियरेन्स प्रदान गरिएको छ भने रियर इन्डिपेन्डेन्ट सस्पेन्सन प्रणालीले अझ सहज, स्थिर तथा आरामदायी यात्रा सुनिश्चित गर्छ । रियर ह्विल ड्राइभ प्रविधिले अझ उत्कृष्ट तथा डायनामिक ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै यसको प्रिमियम डिजाइन, स्मार्ट कनेक्टिभिटी तथा आधुनिक ईभी प्रविधिले यसलाई अझ आकर्षक र परिष्कृत इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ ।
कम्पनीद्वारा हाल सञ्चालनमा रहेको ११ वर्ष वा १५ वर्षसम्मको विस्तारित वारेन्टी कार्यक्रम एमजी एस६ ईभीमा पनि लागू हुने बताइएको छ । यसका साथै एमजी एस६ ईभीको मोटरमा ५ वर्षको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध रहेको छ । यसले दीर्घकालीन विश्वसनीयता, ग्राहकको आत्मविश्वास तथा सहज स्वामित्व अनुभवप्रति एमजीको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
एमजी एस६ ईभी ट्रफी लङ रेन्ज नेपाली बजारमा विशेष प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
ग्राहकहरूले देशभर रहेका एमजी शोरुमहरूमा गई नयाँ एमजी एस६ को प्रत्यक्ष अनुभव लिनुका साथै यसको प्रिमियम फिचर तथा अत्याधुनिक प्रविधिबारे जानकारी प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरले गिली र भल्वोको सहायक कम्पनी...
काठमाडौ – ग्लोबल आइएमई बैंक र नेपालका लागि बीवाईडी ईभीको वितरक साइमेक्स...
काठमाडौं – एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...