लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

काठमाडाैं - एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा लन्च भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ काे मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ ।

कम्पनीले यसअघि भन्सार प्रयोजनका लागि यसको मूल्य ४७ लाख देखि ५८ लाखसम्म निर्धारण गरेको थियो ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।

एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।

सम्बन्धित समाचारहरू

चिनियाँ ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर अब नेपालमा

चिनियाँ ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर अब नेपालमा

काठमाडौं – चीनको नम्बर वान ईभी ब्रान्ड दाबी गर्ने आइमाले काठमाडौंको...

जेठसम्म ४ हजार १७९ इलेक्ट्रिक बाइक स्कुटर दर्ता

जेठसम्म ४ हजार १७९ इलेक्ट्रिक बाइक स्कुटर दर्ता

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा ४ हजार २४९ युनिट विद्युतीय स्कुटर...

टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

टाटा टियागो.ईभीमा अहिलेसम्मकै आकर्षक अफर घोषणा

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...