लन्च भयाे एमजी एस५, मूल्य ४३ लाख ९९ हजार

काठमाडाैं - एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा लन्च भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एस५ लन्च गरेको हो ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ काे मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ ।

कम्पनीले यसअघि भन्सार प्रयोजनका लागि यसको मूल्य ४७ लाख देखि ५८ लाखसम्म निर्धारण गरेको थियो ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।

एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।

सम्बन्धित समाचारहरू

लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअप वन्यो जेएसी टी८

लोमान्थाङ पुग्ने पहिलो इलेक्ट्रिक पिकअप वन्यो जेएसी टी८

नेपाली बजारमा विक्री हुँदै आएको इलेक्ट्रिक पिकअप जेएसी टी८ ले लोमान्थाङ...

टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा

टाइम म्यागजिनद्वारा टेस्लाका मालिक इलोन मस्क ‘वर्षव्यक्ति’ घोषणा

टाइम म्यागजिनले विश्वकै धनाढ्य तथा अमेरिकी विद्युतीय कार निर्माता कम्पनी...

परीक्षणको क्रममा यस्तो देखियो इलेक्ट्रिक कार रेनो क्विड

परीक्षणको क्रममा यस्तो देखियो इलेक्ट्रिक कार रेनो क्विड

यो वर्ष धेरै कार कम्पनीहरूले इलेक्ट्रिक कार सेग्मेन्टमा प्रवेश गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...