३ लाख ६८ हजार सम्मले घट्यो भारतमा एमजी जेडएस इभीको मूल्य

एमजीले भारतमा जेडएस इभीको मूल्य भारी मात्राले कम गरेको छ । एमजी मोटर्स स्थापनाको १०० वर्ष अवसर पारेर कम्पनीले जेडएस ईभीमा एकैपटक २ लाख ३० हजार भारु(नेरु ३ लाख ६८ हजार) सम्म कम गरेको हो । एमजीले यसअघि हेक्टर र हेक्टर प्लस एसयूभीमा समेत मूल्य कम गरेको थियो ।

जोडएस ईभी भारतमा एक्साइट, एक्सक्लुलिस र एक्सक्लुसिभ प्रो गरी कुल तीन भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये एक्साइटमा ५० हजार, एक्सक्लुसिभमा २ लाख ३० हजार र एक्सक्लुसिभ प्रोमा २ लाख भारु कम गरिएको हो । उत्पादन लागत कम हुँदै गएका कारण मूल्य घटाउन सकिएको कम्पनीले जनाएको छ । यो ईभीको मूल्य भारतमा २२ लाख ८० हजारदेखी २५ लाख ९० हजार भारुसम्म कायम गरिएको छ ।

भारतमा बिक्री हुने जेडएस ईभीमा कम्पनीले ५०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ । यसमा दिइएको फ्रन्ट–एक्सल–माउन्टेड पीएमएस मोटरले १७७ एचपी पावर र २८० एनएम टर्क जेनेरेट गर्छ । यसलाई एकपटप फुल चार्ज गर्दा ४६१ किलोमिटर रेन्ज पाउन सकिने कम्पनीले दावी गरेको छ । ५० किलोवाट डिसी फस्ट चार्जर सपोर्ट गर्ने यो एसयूभीलाई ७.४ किलोवाट चार्जरले ९ घन्टासम्ममा फुल चार्ज गर्न सकिन्छ ।

एमजीले यसमा ३६० डिग्री क्यामेरा, पानारोमिक सनरुफ, १०.१ इन्चको टचस्क्रिन, वायरलेस चार्जर, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर दिएको छ । सेफ्टि फिचर अन्तर्गत यसमा एडिएएस, ६ वटा एयरब्याग, ईबीडी सहितको एविएस, इलेक्ट्रोनिक स्ट्याविलीटी कन्ट्रोल र हील डिसेन्ट कन्ट्रोल लगायत पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

जीडब्लूएमले ल्यायो ट्याङ्क ३०० को विशेष संस्करण, ३०० युनिटमात्रै उत्पादन हुने

जीडब्लूएमले ल्यायो ट्याङ्क ३०० को विशेष संस्करण, ३०० युनिटमात्रै उत्पादन हुने

ग्रेट वाल मोटर्स (जीडब्लूएम) ले ट्याङ्क ३०० विशेष संस्करण लन्च गरेको छ । ३००...

३०० किमी रेन्ज दिने ग्यारोको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?

३०० किमी रेन्ज दिने ग्यारोको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं – ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

चितवनमा फोटोन शोरुमको शुभारम्भ र नयाँ माउन्टेन ईभी सार्वजनिक

चितवनमा फोटोन शोरुमको शुभारम्भ र नयाँ माउन्टेन ईभी सार्वजनिक

चितवन – नेपालका लागि फोटोन ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...