देशका यी १२ स्थानमा चर्जिङ स्टेशन थप गर्दैै एमजी मोटर्स, होटल र पेट्रोल पम्प ब्यावसायीलाई सहकार्य गर्न आह्वान

एमजी ब्रान्डका इलेक्ट्रिक कार प्रयोगकर्ताले निकट भबिष्यमै देशका थप १२ स्थाबाट आफ्नो गाडी चार्ज गर्न पाउने सम्भावना देखिएको छ । उक्त ब्रान्डको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशन निर्माण गर्न देशका बिभिन्न १२ स्थानका होटल, पेट्रोल पम्प र क्याफे तथा रेस्टुरेन्ट ब्यावसायीसंग सहकार्य गर्न आह्वान गरेसंगै यस्तो सम्भावना देखिएको हो ।

कम्पनीले पूर्ब पश्चिम राजमार्गको ९ स्थान र काठमाडौं सहित मुग्लिङ र पोखारामा यस्तो स्टेशन थप गर्ने योजना बनाएको छ । जसअनुरुप उसले पूर्ब पश्चिम राजमार्गमा पर्ने बिर्तामोड, इटहरी, ढल्केबर, पथलैया, नारायणघाट, बुटवल, चन्द्रौटा, नेपालगन्ज र धनगढीमा यस्तो स्टेशन निर्माण गर्नेछ । यी स्थानमा होटल, पेट्रोल पम्प र क्याफे तथा रेस्टुरेनट संचालन गर्दै आइरहेका ब्यावसायीसंग सहकार्य गरी डिसी चार्जसहितको पूर्बाधार निर्माण गर्ने उसले योजना बनाएको हो ।

एमजी मोटर्सको जेडस इभी नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रि कारका रुपमा स्थापित बनेको छ । यो कार प्रयोग गर्ने ग्राहकको संख्या बढ्दै जान थालेपछि कम्पनीमाथी देशका बिभिन्न स्थानमा चार्जिङ स्टेशन थप गर्नु पर्ने दबाब सिर्जना भएको छ । सोही दबाव अनुरुप कम्पनीले स्थानिय स्तरमा ब्यावसाय संचालन गर्दै आइरहेका ब्यावसायीसंगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो ।

सम्बन्धित समाचारहरू

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा हालै आयोजना भएको ‘ बैंकक...

पारामाउन्ट मोटर्सले नेपाल ल्यायो मेक्सस व्राण्डको नयाँ पीकअप

पारामाउन्ट मोटर्सले नेपाल ल्यायो मेक्सस व्राण्डको नयाँ पीकअप

एमजी र माज्दा गाडी आयत गरी कारोबार गर्दै आइरहेको पारामाउन्ट मोटर्सले...

पारमाउन्ट मोटर्सले थप्यो एक्सचेन्ज क्याम्पको अवधी, २८ गतेसम्म सञ्चालन हुने

पारमाउन्ट मोटर्सले थप्यो एक्सचेन्ज क्याम्पको अवधी, २८ गतेसम्म सञ्चालन हुने

काठमाडौं – पारमाउन्ट मोटर्सले आयोजना गरेको मल्टिब्रान्ड ‘एक्सचेन्ज एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...