एमजी मोटर्सको नयाँ एसयूभी भारतीय बजारमा विन्ड्सरको नामले लन्च गरिने

एमजी मोटर्सले आगामी अल इलेक्ट्रिक क्रसओभर ईभी भारतीय बजारमा एमजी विन्ड्सर ईभीको नाममा लन्च गरिने पुष्टि गरेको छ । यो कम्पनीको तेस्रो इलेक्ट्रिक एसयूभी हुनेछ ।

एमजी विन्ड्सर ईभीलाई अन्तर्राष्ट्रिय बजारमा क्लाउड ईभीको नामले चिनिन्छ । सो इलेक्ट्रिक कारको एक्सटेरियर डिजाइन क्रसओभर शैलीमा छ । यसको दुबै छेउमा चार्जिङ इनलेट, स्लिक हेडलाइट युनिट, चारैतिर क्यामेरा र १८ इन्च अलोय ह्विल समावेश छ ।

एमजी विन्ड्सर ईभीमा सोफा जस्तो सिट, फ्ल्याट फोल्डिङ फ्रन्ट सिट र क्लाइमेट कन्ट्रोलको विकल्प रहेको छ । क्याबिनमा ठुलो इन्फोटेनमेन्ट स्क्रिन, एम्बियन्ट लाइटिङ र ठुलो स्टोरेजको विकल्प पनि रहेको छ । भारतीय बजारको लागि डिजाइन गरिएको विन्ड्सर ईभीमा पनि यी फिचर समावेश हुने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सो इलेक्ट्रिक एमयूभी दुई वटा ब्याट्री प्याकमा उपलब्ध छ । यसमा ४६० किलोमिटरको रेन्ज दिने ५०.६ किलोवाटको ब्याट्री र ३६० किलोमिटरको रेन्ज दिने ३७.९ किलोवाटको ब्याट्री प्याक समावेश छ ।

रिपोर्टका अनुसार भारतीय बजारमा लन्च गर्न लागेको एसयूभीमा ३६० किलोमिटर रेन्ज दिने ब्याट्री प्याक हुने अनुमान गरिएको छ ।

भारतीय वा नेपाली बजार र अन्य विश्व बजारमा विभिन्न कम्पनीहरुले फरक फरक नाममा सवारी साधन बिक्री–वितरण गर्ने गरेका छन् । एमजीले पनि कुनै मोडलमा यस्तै गर्ने गरेको छ ।

सम्बन्धित समाचारहरू

देशका १९ स्थानमा एमजीको चार्जिङ स्टेशन, यी स्थानमा हुँदैछन् थप विस्तार

देशका १९ स्थानमा एमजीको चार्जिङ स्टेशन, यी स्थानमा हुँदैछन् थप विस्तार

काठमाडौं– सडकमा एमजी ब्रान्डका इलेक्ट्रिक कारको उपस्थिती बढेसंगै...

८ लाख भारुमा लन्च भयो एमजी कोमेट ईभी

८ लाख भारुमा लन्च भयो एमजी कोमेट ईभी

एमजीले भारतका लागि नयाँ इलेक्ट्रिक कार कोमेट ईभी लन्च गरेको छ । यसको मूल्य...

एमजीको आगामी सीयूभी विन्डसर ईभीको टिजर सार्वजनिक, परीक्षण समयमा देखियो

एमजीको आगामी सीयूभी विन्डसर ईभीको टिजर सार्वजनिक, परीक्षण समयमा देखियो

एमजी मोटर्स इन्डियाले आफ्नो आगामी क्रसओभर युटिलिटी गाडी (सीयूभी) विन्डसर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...