एमजीले ३ मिटर भन्दा सानो इलेक्ट्रिक कार लन्च गर्दै

एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक गरेको छ । मिडिया रिपोर्टका अनुसार एमजीको सो नयाँ इलेक्ट्रिक कार सानो २ ढोकाको इलेक्ट्रिक कार हुन सक्नेछ । यो विशेषगरी शहरी क्षेत्रको लागि केन्द्रित हुनेछ । कम्पनीले यो इलेक्ट्रिक कार आगामी वर्ष भारतमा लन्च गर्नुका साथै निर्यात पनि गरिने जानकारी दिएको छ ।

एमजी ई२३० एमजी मोटर्सको मुख्य कम्पनी एसएआईसीको विलिङ्ग ह्वाङग्वाङ इलेक्ट्रिक कार हो । यो सानो साइजको इलेक्ट्रिक कारलाई चीनमा निकै रुचाइएको छ । चीन बाहिर यो एमजी ई२३० नाममा बिक्री गरिन्छ । यो इलेक्ट्रिक कार ३ मिटर भन्दा सानो छ । यसको लम्बाई २९१७ एमएम, उचाई १६२१ एमएम र चौडाइ १४९३ एमएम छ ।

भारतमा लन्च गरिने एमजी ई२३० कारमा ४ जना सिट क्षमता हुने अपेक्षा गरिएको छ । यसमा २० किलोवाटको ब्याट्री प्याकसँगै २० किलोवाटको इलेक्ट्रिक मोटर पनि दिने अनुमान गरिएको छ । यो कार फुल चार्जमा १५० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्न सक्षम हुनेछ ।

रिपोर्टका अनुसार एमजी ई२३० मा एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम, इन्टरनेट अफ भेइकल, अटोमेटिक पार्किङ, भ्वाइस कमाण्ड र ड्युअल फ्रन्ट एयरब्याग जस्ता फिचरहरू दिने सम्भावना छ । यो इलेक्ट्रिक कारले ५ सेकेन्डमा ०–६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्नेछ, जसको टर्क १७० एनएम हुनेछ र यसमा मल्टि–ड्राइभ मोडहरू पनि दिइनेछ ।

कम्पनीले सो एमजी ई२३० को मूल्यको बारेमा आधिकारिक जानकारी दिएको छैन । एमजीको नयाँ इलेक्ट्रिक कारले ड्याटसन रेडी गो र मारुती सुजुकी अल्टोसँग प्रतिस्पर्धा गर्नेछ ।

भविष्यमा यस्तो कार नेपाली बजारमा पनि आउने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यी हुन् ईभी चार्जिङका क्रममा हुने दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सुरक्षा सावधानी

यी हुन् ईभी चार्जिङका क्रममा हुने दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सुरक्षा सावधानी

इलेक्ट्रिक कार चार्ज गर्ने क्रममा भारतमा हालै भएको आगलागीले ठुलो मानवीय...

बोसका पावर टुल्समा १५ प्रतिशत सम्म छुट, ११ रुपैयाँमै २२,९०० मूल्यको प्रेसर वाशर

बोसका पावर टुल्समा १५ प्रतिशत सम्म छुट, ११ रुपैयाँमै २२,९०० मूल्यको प्रेसर वाशर

काठमाडौं – बोस पावर टुलको नेपालका लागि आधिकारिक वितरक इन्फ्राटेक...

स्कुटरमा प्रयोग हुने ब्याट्रीको आयु कति हुन्छ ? बिग्रिएमा के गर्ने ? फेर्न परेमा कति पैसा लाग्छ ?

स्कुटरमा प्रयोग हुने ब्याट्रीको आयु कति हुन्छ ? बिग्रिएमा के गर्ने ? फेर्न परेमा कति पैसा लाग्छ ?

ब्याट्री प्रायः तीन खालका हुन्छन्, लिथियम आयोन (यसलाई NMC भनिन्छ), लिथियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...