गाडीमा नभए पनि चल्छ यी ५ फिचर, कुन कुन हुन् ?
कार निर्माता कम्पनीहरुले कारमा विभिन्न फिचरहरु जडान गर्न थालेका छन् ।...
एमजी मोटरले भारतमा उत्पादन गरिरहेको मिनी इभी कोमेट नाममा आउने पक्का भएको छ । वुलिङ एयर इभीमा आधारित यो सानो इभीलाई कम्पनीले यसै वर्षको मध्येसम्ममा लन्च गरिसक्ने जनाएको छ । २.९ मिटर लम्वाई भएको यो इभी भारतीय बजारमा उपलब्ध सवैभन्दा सानो इभी हुनेछ । जवकी टाटा मोटर्सले ल्याउने भनिएको नानो इभीको लम्वाई ३ मिटरभन्दा केही वढी छ ।
यो नयाँ इभीको फिचर, रेन्ज र पावरट्रेनका वारेका कम्पनीले हालसम्म कुनै पनि विवरणहरु वाहिर ल्याएको छैन । यसमा १०.२५ इन्चको डुअल स्क्रिन इन्फोटेन्मेन्ट सेटअप रहन सक्ने आँकनल गरिको छ । अन्य प्रिमियम फिचरमा कनेक्टेड कार टेक्नोलोजी, डुअल टोन इन्टेरियर, भ्वाइस कमान्ड, वायरलेस एप्पल कार प्ले एवं एन्ड्रोइड अटो लगायत विशेषत रहन सक्ने देखिएको छ ।
यो मिनी इभीमा एमजीले २० देखी २५ किलोवाट आवरको व्याट्री प्याक जडान गर्न सक्ने अनुमान गरिएको छ । जसलाई टाटा अटोकम्पले सप्लाई गर्नेछ । कारको रेन्ज २०० देखी ३०० किलोमिटरसम्म रहने आँकलन गरिएको छ । यसमा ५० किलोवाट आवरको सिंगल फ्रन्ट–एक्सेल मोटर जडान हुनेछ । जसको पावर ६८ विएचपी रहनेछ ।
१० लाख हाराहारी भारतीय रुपैयाँमा लन्च हुने अनुमान गरिएको यो कारले टाटा टियागो र सिट्रोन सी३ संग प्रतिस्पर्धा गर्ने वुझिएको छ । भारतमा लन्च भएपछि यो मिनी इभी नेपाली बजारमा समेत आउनेछ ।
एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले हाल चीनबाट जेडएस इभी आयात गरिरहेको छ भने भारतबाट हेक्टर लगायत कम्वस्चन इन्जिनयुक्त एसयूभी आयत गरिरहेको छ । नेपाल आउँदा यसको मूल्य ३० लाख भन्दा कम नै पर्ने देखिन्छ ।
कार निर्माता कम्पनीहरुले कारमा विभिन्न फिचरहरु जडान गर्न थालेका छन् ।...
अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका ‘टाइम’ ले ‘सन् २०२२ का...
काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल भएको छ । ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...