कोमेट नाममा आउने भयो एमजीको मिनी इभी, यस्तो हुन सक्छ फिचर रेन्ज र पावरट्रेन

एमजी मोटरले भारतमा उत्पादन गरिरहेको मिनी इभी कोमेट नाममा आउने पक्का भएको छ । वुलिङ एयर इभीमा आधारित यो सानो इभीलाई कम्पनीले यसै वर्षको मध्येसम्ममा लन्च गरिसक्ने जनाएको छ । २.९ मिटर लम्वाई भएको यो इभी भारतीय बजारमा उपलब्ध सवैभन्दा सानो इभी हुनेछ । जवकी टाटा मोटर्सले ल्याउने भनिएको नानो इभीको लम्वाई ३ मिटरभन्दा केही वढी छ ।

यो नयाँ इभीको फिचर, रेन्ज र पावरट्रेनका वारेका कम्पनीले हालसम्म कुनै पनि विवरणहरु वाहिर ल्याएको छैन । यसमा १०.२५ इन्चको डुअल स्क्रिन इन्फोटेन्मेन्ट सेटअप रहन सक्ने आँकनल गरिको छ । अन्य प्रिमियम फिचरमा कनेक्टेड कार टेक्नोलोजी, डुअल टोन इन्टेरियर, भ्वाइस कमान्ड, वायरलेस एप्पल कार प्ले एवं एन्ड्रोइड अटो लगायत विशेषत रहन सक्ने देखिएको छ ।

यो मिनी इभीमा एमजीले २० देखी २५ किलोवाट आवरको व्याट्री प्याक जडान गर्न सक्ने अनुमान गरिएको छ । जसलाई टाटा अटोकम्पले सप्लाई गर्नेछ । कारको रेन्ज २०० देखी ३०० किलोमिटरसम्म रहने आँकलन गरिएको छ । यसमा ५० किलोवाट आवरको सिंगल फ्रन्ट–एक्सेल मोटर जडान हुनेछ । जसको पावर ६८ विएचपी रहनेछ ।

१० लाख हाराहारी भारतीय रुपैयाँमा लन्च हुने अनुमान गरिएको यो कारले टाटा टियागो र सिट्रोन सी३ संग प्रतिस्पर्धा गर्ने वुझिएको छ । भारतमा लन्च भएपछि यो मिनी इभी नेपाली बजारमा समेत आउनेछ ।

एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले हाल चीनबाट जेडएस इभी आयात गरिरहेको छ भने भारतबाट हेक्टर लगायत कम्वस्चन इन्जिनयुक्त एसयूभी आयत गरिरहेको छ । नेपाल आउँदा यसको मूल्य ३० लाख भन्दा कम नै पर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

अलिबाबा र ईबे जस्ता विदेशी अनलाइनबाट पनि अब गाडी किन्न सकिने

हामीले विभिन्न विदेशी अनलाइनहरुमा सवारी साधन बुकिङ गर्न र किन्न सकिन्छ...

लुम्बिनी प्रदेशमा सवारी कर : यस्तो छ दर

लुम्बिनी प्रदेशमा सवारी कर : यस्तो छ दर

नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ । लुम्बिनी प्रदेशले...

बीवाईडीले जर्मन कार रेन्टल कम्पनी सिक्स्टलाई १ लाख ईभी उपलब्ध गराउने

बीवाईडीले जर्मन कार रेन्टल कम्पनी सिक्स्टलाई १ लाख ईभी उपलब्ध गराउने

जर्मन कार रेन्टल कम्पनी सिक्स्ट (SIXT) ले चाइनिज इलेक्ट्रिक कार निर्माता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...