टोयोटा फर्चुनरसंग प्रतिस्पर्धा गर्न एमजीले ल्यायो नयाँ एसयुभी

काठमाडौं– एमजीले फुल साइजको एसयूभी मजेस्टर देखाएको छ । कम्पनीले भारतमा जारी अटो एक्सपोमा ७ सिट भएको सो एसयुभी देखाएको हो । नयाँ एसयुभीले टोयोटा फर्चुनरसंग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

सो नयाँ एसयुभीको फ्रन्टमा ठूलो साइजको ब्ल्याक आउट ग्रिलमा होरिजेन्टल स्ल्याटहरू दिएको सो नयाँ एसयुभीको फ्रन्ट लुकस मस्कुलर देखिएको छ । साथै ग्रीलको माथि एलईडी डीआरएल, तलको बम्परमा ब्ल्याक क्ल्याडिङ र साइडमा १९ इन्चको ५ स्पोक डायमण्ड कट अलोय ह्वील दिएको छ ।

सो एसयुभीको इन्टेरियरमा ठूलो साइजको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रीन, डिजिटल इन्टुमेन्टल क्लस्टर, वायरलेस फोन चार्जर, १२ स्पीकर सहितको अडियो सिस्टम, इलेक्टीक टेलगेट, प्यानारोमिक सनरुफ, हिटेड कुल्ड तथा मसाज सहितको डाइभर सिट, थ्रीजोन क्लाइमेट कन्टोल, लगायत फिचर रहेको छ ।

सुरक्षाको लागि यो एसयूभीमा लेभर २ एडास, ३६० डिग्री क्यामरा, अटो हेडल्याम्प, अटो वायपर, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्टीक पार्किड ब्रेक, अटोहोल्ड आदि सुविधा रहेको छ ।

एसयुभीमा २.० लिटरको ट्वीन टर्बो डिजल इन्जिन जाडन गरिएको छ । जसले २१६ हर्स पावर तथा ४७९ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनलाई ८ स्पीडको अटोमेटिक गियरबक्स जोडिएको छ ।

सम्बन्धित समाचारहरू

सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै एमजी मोटर्स नेपाल

सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै एमजी मोटर्स नेपाल

काठमाडौँ – एमजी मोटर्सको नेपालका लागि अधिकृत आयातकर्ता तथा वितरक...

जेएसडब्लू एमजीमा हिस्सा घटाउँदै एसएआईसी

जेएसडब्लू एमजीमा हिस्सा घटाउँदै एसएआईसी

एमजी मोटरको माउ कम्पनी एसएआईसीले जेएसएडब्लू एमजी मोटर इन्डियामा रहेको...

३ लाख ६८ हजार सम्मले घट्यो भारतमा एमजी जेडएस इभीको मूल्य

३ लाख ६८ हजार सम्मले घट्यो भारतमा एमजी जेडएस इभीको मूल्य

एमजीले भारतमा जेडएस इभीको मूल्य भारी मात्राले कम गरेको छ । एमजी मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...