एमजी४ ईभीको स्ट्रेन्थ टेस्ट सम्पन्न, ग्राउन्ड क्लियरेन्सको शंका मेटिएको भनाइ
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
एमजी मोटरले भारतीय बजारमा उपलब्ध हुने आफ्नो कारमा एड्भान्स कनेक्टेड टेक्नोलोजी समावेश गर्नका लागि टेलिकम कम्पनी जियोसँग साझेदारी गर्ने भएको छ । यी दुबै कम्पनी भारतीय बजारमा अत्याधुनिक कनेक्टेड कार सोलुसन उपलब्ध गराउनका लागि साझेदारी गरेका हुन् । एमजी मोटर इन्डियाले इन्टरनेट अफ थिङ्स स्पेसमा भारतका प्रमुख डिजिटल सर्भिसेस प्रोभाइडर जियोसँग साझेदारीको घोषणा गरेको हो ।
एमजी मोटर इन्डियाले हाल भारतीय बजारमा हेक्टर, हेक्टर प्लस, ग्लोस्टर र जेडएस इलेक्ट्रिक एसयूभी जस्ता मोडल बिक्री गररहेको छ । कम्पनीले आउँदो समयमा जियोको इन्टरनेट अफ थिङ्स सिमलेस इन्टिग्रेसन प्रविधिको प्रयोग गर्नेछ । कम्पनीले सो टेक्नोलोजी शहरी र ग्रामीण क्षेत्रमा हाई क्वालिटी कनेक्टिभिटीको साथमा जियोको इन्टरनेटको राम्रो लाभ उठाउने दावी गरेको छ ।
एमजीले भारतीय बजारमा हेक्टर एसयूभी पहिलो इन्टरनेट कारको रुपमा प्रस्तुत गरेको थियो । जियोको सो कनेक्टेड भेइकल सोलुसन हार्डवेयर, सफ्टवेयर र कनेक्टिभिटीको कम्बिनेसन रहेको छ । जसले युजर्सलाई यात्राको समयमा ट्रेडिङ इन्फोटेनमेन्ट र रियल टाइम टेलिमेटिक्ससम्म पु¥याउन सक्षम रहेको छ ।
एमजी मोटरले भारतीय बजारमा पहिलो पटक इन्टरनेट÷कनेक्टेड कार, अटोनोमस स्तरको एडीएएस टेक्नोलोजीको प्रयोग गरेको थियो । कम्पनीले प्रिमियम एसयूभी ग्लोस्टरको लेबल–१ अटोनोमस फिचरको साथमा लन्च गरेको थियो ।
एमजी र जियोको साझेदारीको मौकामा जियोका डायरेक्टर र प्रेसिडेन्ट किरण थोमसले जियो भारतीय युजर्सको लागि अत्याधुनिक टेक्नोलोजी प्रोडक्ट्स र सोलुुसनको इकोसिस्टम बनेको र एमजी मोटर इन्डियासँगको साझेदारी महत्वपूर्ण कदम भएको बताएका छन् ।
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
एमजीले गत सेप्टेम्वरमा लन्च गरेको नयाँ ईभी विन्ड्सर थप महंगो भएको छ । एमजी...
एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...